ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, ५ जना घाइते

गुगलपाटी संवाददाता कपिलवस्तु
२९ भाद्र २०७६ ०५:४९

जिल्लाको वाणगंगा नगरपालिकाको कोपवामा गएराति ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कपिलवस्तु जितपुरबाट कोपवातर्फ गएको लु३त ७२७२ नम्बरको ट्याक्टर कोपवा सडकखण्डमा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्याक्टर चालक वाणगंगा नगरपालिका–१ उप्टहवाका ३५ वर्षीय रामु थारु र १५ वर्षीय रन्जित बोटे माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा सवार अन्य ५ जना भने घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा वाणगंगा–१ का १७ वर्षीय जय ज्ञवाली र सोही ठाउँका १५ वर्षीय मनिस परिवार गम्भीर घाइते भएका छन् । उनीहरुको थप उपचारका लागि बुटवल ल्याएको छ ।

सामान्य घाइते ३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।