प्रदेश ३ को राजधानी हेटौंडामा संविधान दिवसको भव्य कार्यक्रम (भिडियो)

गुगलपाटी संवाददाता
३ आश्विन २०७६ १२:४४

हेटौंडाः संविधान दिवसको अवसरमा प्रदेश ३ को राजधानी हेटौंडामा भव्य कार्यक्रम भएको छ । हेटौंडामा तीन हजार भन्दा धेरै जनाको सहभागितामा भव्य कार्यक्रम भएकमो हो ।

बृहत ¥याली, झाँकी, कवाज प्रदर्शन पछि मुख्यमन्त्री पौडेलले सम्बोधन गरेका थिए । प्रदेश प्रमुख अनुराधा कोइराला, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीहरु, प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बानियाँ सहितको उपस्थितीमा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले संविधानको कार्यान्वयन गर्ने क्रममा रहेको बताउँदै संविधान मार्फत राजनीतिक अधिकार प्राप्तिको मुद्धालाई सम्बोधन गरिसकिएको बताएका छन् । उनले नेपाल र नेपाली गन्तब्य प्रष्ट भएको बताउँदै अब अधिकारका लागि लड्नु नपने बताएका हुन् ।

हेर्नुस पुरै भिडियो

भिडियो: अनिश हायु बाबा

 

तपाईको प्रतिक्रिया