स्कुलको भवन भत्किँदा सात विद्यार्थीको मृत्यु, सयौं घाइते

गुगलपाटी संवाददाता नैरोबीे
६ आश्विन २०७६ १०:२२

 केन्याको राजधानी नैरोबीस्थित एउटा स्कुलको भवन भत्किँदा सात विद्यार्थीको मृत्यु भएको छ ।

सयौं घाइते भएका छन् । सोमबार स्थानीय समय अनुसार बिहान ४ बजे ‘प्रेसियस ट्यालेन्ट टप स्कुल’को दुईतले भवन भत्किएको हो । घाइते हुनेको संख्या ५७ छ । अरु दर्जनौँ पुरिएको हुनसक्ने केन्याको रेड क्रसले जनाएको छ । साथै उद्धारकार्य जारी छ ।

तपाईको प्रतिक्रिया