कक्षा ११ मा उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान

गुगलपाटी संवाददाता
८ आश्विन २०७६ १४:४६

हेटौंडाः हेटौंडा क्याम्पसले कक्षा ११ को नतिजामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको छ । कक्षा ११को वार्षिक परीक्षाफलमा हेटौँडा क्याम्पस, हेटौँडाको वाणिज्य सङ्कायकी रजनी गोले, सानुमाया तामाङ, र शिक्षा सङ्कायकी विनिश लामा ल्याई क्रमशः क्याम्पस प्रथम, द्वितीय र तृतीय भएका थिए । यस्तै संकायगत उत्कृष्ट हुने विद्यार्थीलाई समेत सम्मान गरिएको छ । क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष कमान सिं पाख्रिनको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम भएको हो । हेटौंडा क्याम्पसमा संकायगत तर्फ वाणिज्यतर्फ प्रथम रजनी गोले, द्वितीय सानुमाया तामाङ तृतीय रोहित बल भएका थिए । यस्तै मानविकीतर्फ प्रथम विकासलाल रुम्बा द्वितीय रोजी मोक्तान, तृतीय निशा दोङ भएका थिए । शिक्षा संकाय तर्फ प्रथम विनिश लामा द्वितीय आस्था थापा तृतीय सविना विक र तृतीय अस्मिता सिन्तान भएका थिए । कार्यक्रममा क्याम्पस प्रमुख देवचन्द्र मानन्धर लगायतको उपस्थिती रहेको थियो ।