हेटौंडा अस्पतालमा डेंगु जाँच गर्न नि:शुल्क शिविर
गुगलपाटी संवाददाता हेटौंडाज्वरोका अत्यधिक बिरामी बढेकाले हेटौंडा उपमहानगरपालिकाले स्वास्थ्य र डेंगु परीक्षणका लागि हेटौंडा अस्पताल परिसरमा छुट्टै निस्शुल्क शिविर सञ्चालन गरेको छ ।
मंगलबारदेखि सुरु गरेको निस्शुल्क शिविरमा १ सय ८७ जनाको चेकजाँच गरिएकोमा १२ डेंगुका बिरामी फेला परेको उपमहानगका स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले बताए ।
मंगलबार ८० जनाको स्वास्थ्य परीक्षणपछि रगत परीक्षण गर्दा ३ जना डेंगु रोगी फेला परेको थियो भने बुधबार १ सय ७ जनामध्ये ९ जनामा डेंगु फेला परेको उनले भने । हेटौंडामा अहिलेसम्म १ हजार २ सय ५३ जना डेंगुका बिरामी फेला परेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
ज्वरोका बिरामीको अस्पतालमा चाप परेको र सबै डेंगु हो कि होइन भनेर परीक्षण गर्न चाहने भएकाले उपमहानगले ज्वरो आएका बिरामीको चेकजाँच गर्न छुट्टै शिविर सञ्चालन गरेको मेयर हरिबहादुर महतले बताए ।
बिरामीको डेंगु परीक्षण पनि उपमहानगरले निस्शुल्क रूपमा गरेको छ । साउनको पहिलो सातादेखि हेटौंडामा डेंगु रोग देखापरेको थियो । ‘ज्वरो आउने बितिक्कै डेंगुको शंका लाग्न थालेको छ,’ शाखा प्रमुख कार्कीले भने, ‘डेंगु आतंकलाई मत्थर पार्न पनि उपमहानगरले निस्शुल्क शिविर सञ्चालन गरेको हो । स्रोत : कान्तिपुरदैनिक