हेटौंडामा निशुल्क डेंगु रोग परिक्षण : दुई दिनमा १८७ जना बिरामीले लिए सेवा

गुगलपाटी संवाददाता
९ आश्विन २०७६ ०६:५८

टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको अगुवाइमा (हिजो) मंगलबारदेखि सञ्चालन भएको निःशुल्क ज्वरो र डेङ्गु परीक्षण शिविरमा (आज) बुधबार सम्म १ सय ८७ जना बिरामीले सेवा लिएका छन् ।

हेटौंडा उपमहानगरपालिका र हेटौंडा अस्पतालको सहकार्यमा सञ्चालित शिविरमा मंगलबार ८० र वुधबार १ सय ७ जना गरी दुई दिनमा १ सय ८७ जना विरामीले ज्वरो परीक्षण गरी सेवा लिएको समन्वय समितिका महासचिव शिवहरि दाहालले जानकारी दिए ।

मंगलबार देखि हेटौंडा अस्पतालमा संचालन भइरहेको सिविरमा ज्वरो सङ्ग सम्बन्धित रोगहरुको परिक्षण भइरहेको छ ।

टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको अगुवाइमा हेटौंडा उपमहानगरपालिका र हेटौंडा अस्पतालको सहकार्यमा निःशुल्क ज्वरो उपचार कक्ष स्थापना गरि निःशुल्क रुपमा ज्वरोको र डेङ्गुको परीक्षण शिविर सञ्चालन भएको हो ।

शिविरमा टोल बिकास संस्था मार्फत डेङ्गु र ज्वरो सङ्ग सम्बन्धित रोगहरुका बारेमा आम सर्बसाधारण नागरिकहरुलाई समेत जानकारी गराइएको टोल बिकास संस्था नगर समन्वय समितीका अध्यक्ष धुर्ब अधिकारीले जानकारी गराए । करिब १ हप्ता संचालन हुने शिविर मा ज्वरोका सबै बिरामीहरुलाई सहभागिता जनाइ डेङ्गु परीक्षण गर्न आग्रह गरेका छन् ।