टोल विकास संथस्तरीय फुटबलमा आदर्श टोलको फराकिलो जित

आसिस खतिवडा हेटौंडा
९ आश्विन २०७६ ०७:०२

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा जारी टोल विकास संस्था स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा आदर्श टोल विकास संस्थाले प्रगति टोलविकास संस्थालाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा आदर्श टोलकातर्फबाट जर्सी नम्बर १७ का विनोद खड्काले २० औ“ मिनेटमा पहिलो गोल गरे तर खेलको दोस्रो हाफको २४ औ“ मिनेटमा प्रगतिका जर्सी नम्बर १३ का सुनिल मल्लले गोल गर्दे खेल बराबरीमा पु¥याए भने खेलको ३६ औ“ मिनेटमा आदर्शका जर्सी नम्बर ७ का नरेन राईले अर्काे गोल गरे यसैगरी ३८ औ“ मिनेटमा विनोद खड्का टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे । खेलको ४० औ“ मिनेटमा जर्सी नम्बर १५ का शिव भण्डारी र टिमका कप्तान तथा जर्सी नम्बर १४ का सङग्राम राईले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै जीत सुनिश्चित गरे ।

खेलको म्यान अफ द म्याच दुई गोल गर्ने आदर्श टोलका विनोद खड्का भए । उनलाई हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडाका वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले १ क्रेट अण्डा प्रदान गर्नुभयो । आजको दोस्रो खेल २ बजे शान्तिचोक बी र श्रीलङ्का टोलविकास संस्थाबिच र तेस्रो खेल ३ बजेपछि मिलन टोल विकास संस्था र कुष्माण्ड टोलविकास संस्थाबिच हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया