मिडिया कप फुटसलः रेडियो सरोबर, मकवानपुर, पालुङ र टिम टिभीको फरकीलो जित

गुगलपाटी संवाददाता हेटौंडा
९ आश्विन २०७६ ०९:१२

रेडियो सन्देश १०६.९ मेगाहर्जको वार्षिकात्सवको अवसरमा हेटौंडामा भएको जिल्लास्तरीय मिडिया कप फुटसल प्रतियोगिता अन्तर्गत आज बिहान ४ खेल सम्पन्न भएको छ ।

बिहिबार बिहान भएको पहिलो खेलमा रेडियो मकवानपुर बिजयी भएको छ । रेडियो मकवानपुरले पत्रकार महासंघ मकवानपुरलाई ६–१ ले पराजित गरेको हो । त्यस्तै रेडियो सरोबर र रेडियो बुलेटिन बीच भएको खेलमा रेडियो सरोबर बिजयी भएको छ ।

सरोबरले बुलेटिनलाई ट्राइब्रेकरमा पराजित गरेको हो । निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो । त्यस्तै रेडियो पालुङले थाहा सञ्चारलाई ४–२ गोलअन्तरले पराजित गरेको छ । बिहिबार बिहान भएको अन्तिम खेलमा टिम टेलिभिजन बिजयी भएको छ ।

टिम टेलिभिजनले हेटौंडा एफएमलाई ९–२ को फराकिलो गोलअन्तरले पराजित गरेको हो । टेलिभिजनको तर्फबाट मनिष खड्काले दोहोरो ह्याट्रिक गर्दा पुष्पराज अधिकारीले २ र बालकृष्ण अधिकारीले १ गोल गरे ।

यसअघि आज बिहान भएको फुटसलको उद्घाटन खेल राजनीतिकर्मी र पत्रकार बीच भएको थियो । उक्त खेलमा पत्रकार टिमले राजनीतिककर्मी लाई ३–१ गोल अन्तरले हरायो । रेडियो सन्देशको बार्षिकोत्सवको अवसरमा आयोजित खेलमा दोस्रो चरणको खेल आजै अपरान्ह ४ बजे रेडियो सरोबर र आयोजक रेडियो संदेश बीच हुनेछ ।

तपाईको प्रतिक्रिया