युवा परिषद्द्धारा गढीमा सरसफाई (फोटो फिचर)

गुगलपाटी संवाददाता हेटौंडा
१० आश्विन २०७६ १३:१८

युवा परिषद्द्धारा गढीमा सरसफाई मकवानपुरको ऐतिहासिक स्थल मकवानपुर गढी दरबारको राष्ट्रिय युवा परिषद्का हेटौंडा संयोजक सुपेन लामाको नेतृत्व सरसफाई भएको छ ।

पर्यटन प्रर्वद्धन तथा नेपाल सरकारले लिएको “भिजिट नेपाल २०२०”लाई सहयोग हुने गरि सरसफाई तथा प्रचार प्रसार गरिएको हो । उक्त सरसफाई तथा पर्यटन प्रर्वद्धनको लागि युवा परिष्द हेटौंडाको टोलीले हेटौंडा उपमहानगरपालिका र मकवानपुर गढी गाउँपालिका संग समन्वय गरेको हो ।

सरसफाई कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा ५० जना भन्दा बढी युवाहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया