मन्दिरलाई महालक्ष्मी बैकको सहयोग

गुगलपाटी संवाददाता
११ आश्विन २०७६ ०४:१९

सामाजिक उत्तरदायीत्व निर्वाह गर्ने क्रममा हेटौंडा ८ कमानेमा रहेको महालक्ष्मी बिकास बैकले स्थानिय मन्दिरमा सहयोग गरेको छ । कालिका टोलमा रहेको कालिका माई तथा गोरखेश्वर महादेब मन्दिर संरक्षक समितिलाई स्टिल कुर्सि र डस्वीन हस्तान्तरण गरेको हो ।
सनिवार बैकका कमाने शाख प्रमुख रोशन सेनले मन्दिर संरक्षण समितिका अध्यक्ष नबराज आचार्यलाई दुई थान स्टिल कुर्सि, ५ थान डस्वीन हस्तान्तरण गरेको हो । शाख प्रमुख सेनले आफ्नो बुवा अजित सेन गुप्ताको नाममा एक थान फलामको बेञ्च समेत मन्दिरलाई हस्तानतरण गरेका छन् । समाजप्रति जिम्मेवारी देखाउने क्रममा बैकले सहयोग गरेको सामग्री हस्तान्तरण गर्दै सेनले बताए । उनले आगामि दिनमा पनि बैकले यस्तै सामाजिक काममा निरन्तरता दिने जानकारी दिए ।
काठमाण्डौंमा केन्द्रिय कार्यालय रहेको बैकको मकवानपुरमा ४ वटा शाखा सञ्चालनमा रहेका छन् भने देश भर १ सय शाखा रहेको बैकको थप २ शाखा चाडै सञ्चालनमा आउँने बताइएको छ । जनताको सुबिधालाई ध्यान दिदै सहज बैक पहुँचका लागि जिम्मेवार रहेको बैकले ५० वटा एटिएम सञ्चालन गरेको शाखा प्रमुख सेनले जानकारी दिए ।