मकवानपुरे कम्युनिष्ट नेता पहरीको मृत्यु

गुगलपाटी संवाददाता
१३ आश्विन २०७६ १४:०६

हेटौंडाः  तत्कालिन नेकपा माओवादीका अग्रज कम्युनिष्ट नेता छत्र बहादुर पहरीको आज मृत्यु भएको छ । रक्तचापको कारण विगत ४ दिन देखि भरतपुरमा उपचाररत रहेका नेता पहरीलाई उपचार नहुने भएपछि घर ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको नेकपा जिल्ला नेता कमान सिं पाख्रिन“पृथक”ले जानकारी दिएका छन् ।

  साबिक राईगाउँ गाविस ४ निवासी पहरीका छोरा शेर बहादुर पहरी तत्कालिन एनेकपा माओवादीबाट संविधान सभा सदस्य भएका थिए । पछिल्लो समय नेकपामा रहेका पहरीको भोली मंगलबार नेकपा मकवानपुरले स–सम्मान रुपमा नेकपा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली गर्ने नेता पृथकले बताए । पहरी संस्कार अनुसार भोली नै अन्तिम संस्कार गरिने पृथकले जानकारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया