कारागारका कैदीलाई गाउँपालिकाको दशैं उपहार

गुगलपाटी संवाददाता
१७ आश्विन २०७६ १५:१०

भीमफेदी: गाउँघरका प्रायः युवा कारागारमै भएपछि मकवानपुरको राक्सिराङ गाउँपालिकाले कारागारमै पुगेर कैदीबन्दीलाई दशैँको लागि खसी,चिउरा,तेल लगायत खाद्यान्न सहयोग गरेको छ । कारागारबाट कैद भुक्तान गरेर फर्किएपछि गाउँपालिकाभित्रका युवाहरुलाई गाउँपालिकाले अन्य स्वरोजगारको काम गर्न अनुदान समेत दिने नीति लिएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन् । गाउँपालिकाको सहयोग कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङ, वडाध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । गाउँपालिकाले नै सहयोग गरेपछि कारागार भित्र रहेका कैदीबन्दीहरुले अध्यक्षलाई धन्यवाद दिदै गाँजाको सरकाले विकल्प खोज्नु पर्ने समेत सुझाएका थिए ।

तपाईको प्रतिक्रिया