करेन्ट लागि एकै घरका दुईको मृत्यू एक घाईते

गुगलपाटी संवाददाता
१९ आश्विन २०७६ १२:११

आईतबार बिहान करिब ११ ३० बजे विधुतको भुईमा लत्रिएको तार छुईदा करेन्ट लागेर हेटौंडा १७ राजदेवीमा एकै घरको आमा छोराको मृत्यु भएको छ भने बुहारी घाइते भएकी छिन।
बारीमा घाँस काटिरहेको अबस्थामा हेटौंडा १७ राजदेवीकै स्थानियबासि ५५ बर्षीय लेखमाया पराजुलीले विद्युत प्रवाह भइरहेको तारलाई छुईदा करेन्ट लागे पछि सगै रहेका छोराले आमालाई बचाउन खोज्दा २८ वर्षका मदन पराजुलीको पनि आमासंगै करेन्ट लागि मृत्यु भएको छ ।


श्रीमान र सासूलाई करेन्ट लागेको देखे पछि बचाउन खाज्दा २३ वर्षकी बुहारी रेनुका पराजुली करेन्ट लागेर घाइते भएकी छिन् । घाईते लेखमाया र मदनको भने चुरेहिल अस्पतालमा उपचारको क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
रेनुको भने थप उपचारको लागि भरतपूर रिफर गरिएको र अबस्था सुधार जनक रहेका र घटनाको थप अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया