बस लोडरसँग ठोक्किदा ३५ जनाको मृत्यु

गुगलपाटी संवाददाता
३० आश्विन २०७६ ०९:२९

साउदी, ३० असोज । साउदी अरेबियामा बस लोडरसँग ठोक्किँदा ३५ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार बसमा ३९ जना सवार थिए । उनीहरुमध्ये ३५ जनाको ज्यान गएको छ ।

घटनामा चार जना गम्भीर घाइते भएको मदिना प्रहरीले जनाएको छ । ज्यान गुमाउनेहरुमा धेरैजसो एसियाली र अरब मूलका नागरिक रहेका छन् । साउदी प्रहरीका अनुसार बुधबार साँझ करिब सात बजे अल–अखल क्षेत्रमा बस लोडरसँग ठोक्किएको थियो ।