प्रणाली परिवर्तन संगै सोच परिवर्तन नहुँदा समस्याः प्रमुख खुलाल
गुगलपाटी संवाददाताहेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्रणाली संगै सोच परिवर्तन नहुँदा सामाजिक समस्याहरु आइपरेको बताएका छ । ग्रामीण महिला सेवा केन्द्रको १८ औं वार्षिक साधारण सभाको उद्घाटनमा बोल्दै प्रमुख खुलालले पछिल्लो समय सामिाजक सञ्जाल, र सामाजिक अराजकताको विषयमा सबैको ध्यान जानुपर्ने बताएका हुन् । उनले समाजमा अराजकता बढेको प्रति चिन्ता प्रकट गरेका छन् ।
कार्यक्रम संस्थाकी अध्यक्ष लक्ष्मी मोक्तानले अध्यक्षको प्रतिबेदन पेश गरेकी थिइन भने सचिव अचला शर्माले प्रगति प्रतिबेदन र कोषाध्यक्ष सुलोचना स्याङ्तानले आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गरेकी थिईन । केन्द्रले गत आर्थिक वर्ष ७ लाख २२ हजार खर्च गरेको थियो भने चालू आर्थिक वर्षमा १५ लाख ५३ हजार खर्च गर्ने योजना बनाएको छ । सेवा केन्द्र गत आर्थिक वर्षमा १ लाख ८४ हजार घाटामा रहेको थियो भने चालु आर्थिक वर्षमा सस्थालाई घाटा रकन १ लाख ४२ हजारमा झार्ने लक्ष्य राखिएको कोषाध्यक्ष स्याङतानले बताएकी छिन । लेखा समितिको प्रतिबेदन भने लेखा तथा सुपरिवेक्षण समितिकि सदस्य देवकी चौलागाईंले प्रस्तुत गरेकी थिईन ।
कार्यक्रम संस्थाकी संस्थापक अध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, भिमफेदी गाउँ पालिकाकी उपाध्यक्ष पार्वती राना,मानव अधिकार तथा मानव वेचविखन विरुद्धकी जिल्ला संयोजक आरती पाठक, जिल्ला सचिब बोल बहादुर कर्की लगायतको उपस्तिथि रहेको थियो । संस्थाले आजै नयाँ नेतृत्व छान्ने भएको छ ।