कैलाशका योञ्जनले आर्थिक अभावको कारण उपचार पाउन सकेनन्

गुगलपाटी संवाददाता
३ कार्तिक २०७६ १२:११

मकवानपुर ÷ नेपालमा ब्लड क्यान्सरका बिरामीहरु दैनिक जसो बढिरहेका छन् । त्यो समस्याले कसैको ज्यान समेत गएको छ । भने आर्थिक रुपमा सम्पन्न मान्छेहरु बाँच्न पनि सफल भएका छन् ।
त्यस्तै भएको छ हड्डी क्यान्सर पीडित मकवानपुर जिल्ला कैलाश गाउँपालिका वडा नं. १ खोलाखर्कका बिक्रम योञ्जनको आर्थिक अभावका कारण उपचारमा गर्न समस्या परेको उहाँका परिवारले जनाएका छन् । गएको ५ महिना काठमाण्डौको बिर हस्पिटल र चितवन भरतपुर क्यान्सर अस्पतालमा उपचार गराएका थिए ।
उपचार खर्च जुटाउन नसकेपछि बैशाख देखि घरैमै ल्याएर राखेको पिडित बिक्रम योञ्जनका बुबा हर्क बहादुर योञ्जनले जानकारी दिनु भयो । योञ्जनकोे खुट्टाको उपचार सम्भाव नहुने र काटेर फाल्नु पर्ने चिकित्सकले बताएको उहाँले हजुरको खबर अनलाईनलाई जानकारी दिनु भयो । उहाँलाई पिडित बिक्रम योञ्जनको हड्डी ब्लड क्यान्सर भएको र जसको उपचार गर्न लाखौं रुपैयाँ लाग्ने बताउनु भयो ।
उहाँका अनुसार उपचारमा हालसम्म ५÷६ लाख भन्दामाथि सकिएको र अझै लाखौँ रुपैयाँ लाग्ने छ । तर, यत्रो रकम जुटाउन नसक्ने भएपछि योञ्जन परिवार तनावमा परेका छन् । हालसम्म जसोतसो ऋण धन गरेर उपचार गरेको जानकारी दिनु भएका योञ्जनले अहिले पैसा नभएको र उपचार गर्न कठिन रहेको बताउनु भयो ।
गहभरी आँशु पार्दै योञ्जनका बुबा हर्क बहादुर योञ्जनले भने,“६ जना छोरा र २ छोरी छन्, कसरी गाँस,वासँ र कपासको व्यवस्था गर्ने भन्ने वेला यस्तो बिपद् श्रृजना भो, क्रण खोज्दा क्रण पनि कसैले दिदैनन् ।” छोराको उपचारको लागि धेरै ठाउँमा धाएता पनि ऋण समेत नपाएको योञ्जनले दुखेसो पोख्नु भयो ।
सहयोग क्यान्सरको उपचार गर्दै गर्दा आर्थिक स्थिति नाजुक भयो भन्दै पिडित बिक्रमले भनेबाँचेर केहि गर्ने इच्छा छ, उपचार गर्न पैसा छैन् सहयोगको लागि आग्रह गर्दछु । ” गहँ भरी आँसु पर्दै पिडित योञ्जनले थपे, उपचार खर्च सहयोग गर्नुस् म बाँचेर तिर्नेछु ।” सहयोगका लागि उहाँले आफ्नो मोबाइल नम्बर ९८८०५७७८९९ ÷ ९६१९४७४१०६ दिएका छन् ।