राजमार्ग वाईपास गर्नु स्वागतयोग्य
गुगलपाटी संवाददाताहेटौडाको मुख्य बजारबाट राजमार्ग बाइपास गरिने समाचार सचार माध्यममा प्रकाशन पछि राज्यको यो कदमलाई नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य एबं मकवानपुर उधोग बाणिज्य संघका पुर्ब अध्यक्ष अरुणराज सुमार्गीले स्वागत योग्य रहेको बताएकाछन् । हेटौंडाको मुख्य बजार क्षेत्रमा पर्ने दुई ठुला राजमार्गलाई बाइपास गरिने भएपछि मकवानपुर उधोग बाणिज्य संघले पनि यसको स्वागत गरेको संघका अध्यक्ष कृष्ण कटुवालले बताए । नेपाल सरकारले एसियन हाइवे मापदण्ड अनुसार हेटौडा बजारको बस्ती भत्काएर सडक चौडा वा बस्ती संरक्षण गर्दै राजमार्गलाई बजार बाहिरबाट लैजाने भन्ने चर्चा थियो ।
यता ३ नम्बर प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले २०७६ र ७७ मा हेटौंडा–१, चौकीटोलदेखि हेटौंडा–१०, कर्रा खोलासम्मको १२ किलोमिटर सडकखण्डलाई स्तरोन्नति गरी बाइपास गर्ने भएको छ । यो खबरले मउबासंघमा आफु अध्यक्ष हुदा आफुलेनै अघि सारेकोे योजनाले सार्थकता पाएको केन्द्रिय सदस्य सुमार्गीको छ । आफु मउबासंघको अध्यक्ष भएकै बेलामा सुमार्गी परिबारले माधबराज सुमार्गी ट्रष्टबाट एक करोड लगानी गरी बाईपास ट्रयाक बनाएको र भौतिक योजना मन्त्रालयको सहयोग समेत पाएको उनले बताए । मैले आफु मउबासंघको अध्यक्ष हुदा बस्ती बचाउ अभियान अगाढी बढाएको र यसले सार्थकता पाउदा ३ नम्बर प्रदेशप्रति आभार रहेको केन्द्रिय सदस्य सुमार्गीले बताए । यसबाट ठुलो जनधनको क्षतिहुन बाट हेटौडा बाशीलाई बचाउन सकिने हुदा यो स्वागत योग्य काम रहेको भनाई सुमार्गीको छ ।
नगर बिकाशको योजना सहित आफुले ट्रयाक बनाएर बाईपासको काम थालेको तर बिभिन्न समस्याले अडकिएको थियो अहिले सरकारले यही योजनालाई सहमत गरेपछि आफनो योजनाले सफलता पाएको सुमार्र्गीको भनाई छ । अहिले बाईपास सडक बनाउन लागत करिब १५ करोड रुपैयाँको अनुमान गरिएको छ । तत्काल नै भने ट्रयाक बनढाउने काम मात्रै हुनछ । दुवैतर्फको ट्रयाक खोल्ने काम दुई वर्षभित्रमा पूरा गर्ने लक्ष्य प्रदेश सरकारको रहेको छ ।
सघीय सरकारले पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत हेटौडा सडकखण्डको दायाँ–बायाँ २५ मिटर सडक विस्तार गर्ने नीति अवलम्बन गरेसँगै प्रदेश सरकारले त्यसको विकल्पका रुपमा बाइपास सडकको स्तरोन्नति गर्न लागेको हो मन्त्रालयले बाइपास सडकलाई चौकीटोल–राप्तीपुल र राप्तीपुल–कर्रा गरी दुई भागमा विभाजन गरी काम अगाडि बढाउने भएको छ। पहिलो चरणमा चौकीटोल–राप्तीपुल र दोस्रो चरणमा राप्तीपुल–कर्रा सडक गरी दुई भागमा विभाजन गरी काम अगाडि बढाउन लागेको मन्त्रालयले जनाएको छ। भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्री पौडेल आफैंले सम्हालिरहेका छन्। ।