वनकरियालाई सहयोग

गुगलपाटी संवाददाता
८ कार्तिक २०७६ १२:१८

हेटौंडाः लोपोन्मुख जाति वनकरिया बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । दातृ निकाय माद्रेको आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले बनकरियासँगै चेपाङ र तामाङका २५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।
मनहरी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष ध्रुव खड्काको प्रमुख आतिथ्य तथा मञ्चकी उपाध्यक्ष यशोकान्ति भट्टचनको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा स्थानीय पशुपतिनाथ माध्यमिक विद्यालयका प्रधानध्यापक भानुभक्त आचार्य, मनहरी ४ की बालमैत्री सहजकर्ता मनिषा रिजाल (बिष्ट), नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य अशोकसुजन श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।
प्रत्येक बालबालिकालाई विद्यालय पोशाक, झोला, जुत्ता, मोजा, कपी, डटपेन लगायतका सामग्री वितरण गरिएको मञ्चकी उपाध्यक्ष भट्टचनले बताईन् ।

तपाईको प्रतिक्रिया