रंगोलीमा मेसीको जर्सी, वार्सिलोना टिभीबाट प्रशंसा(भिडियो सहित)

गुगलपाटी संवाददाता
१३ कार्तिक २०७६ ०८:५४

हेटौंडा: हेटौंडा उपमहारनगरपालिका ७ किरणचोकका दिपर्शन दिप अधिकारीको घरमा लक्ष्मी पुजाको दिन रंगोली तयार भयो । दिपर्शन सहित बुबा दिप प्रसाद अधिकारी र बहिनी दिपाञ्जली अधिकारीले ४५ मिनेट मिहिनेत गरेर रंगोलीमा स्पेनिस क्लब वार्सिलोनाका स्टार लियोनल मेसीको जर्सि बनाएर लक्ष्मी पुजा गरे ।
लक्ष्मी पुजा पश्चात दिपर्शनले उक्त रंगोलीको तस्बिर सामाजिक संजाल फेसबुकमा राखे । दिपर्शनले फेसबुकमा उक्त तस्बिर राखेपछि स्पेनिस क्लब वार्सिलोनका फ्यान र अर्जेन्टिनाका फरवार्ड मेसिका फ्यानहरुले धमाधम उक्त रंगोलीको फोटो शेयर गर्न थाले र दिपर्शन दिपको घरको रंगोलीको फोटो अनपेक्षित रुपमा यतिबेला भाईरल भएको छ ।  वार्सिलोना टिभीले नेपालीहरुको उज्यालोको पर्व, बत्तिहरुको पर्वमा मेसिको फ्यानले उत्कृष्ट तस्बिर पठाएको बताएका छन् ।

Gepostet von Deeparshan Deep Adhikari am Dienstag, 29. Oktober 2019

तपाईको प्रतिक्रिया