ढुंगेगढि पर्यटकिय गन्तब्य बन्छः मुख्यमन्त्री पौडेल
गुगलपाटी संवाददाताहेटौंडा: ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रचार प्रसार गर्न सके मकवानपुरमा रहेको ऐतिहासिक ढुंगेगढि पर्यटकिय गन्तब्य बन्ने बताउनुभएको छ । गढिको बुधबार स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले ऐतिहासिकता झल्कने गरी ढुंगेगढिको बिकास गरिने जानकारी दिनुभयो ।
प्रदेशमा ऐतिहासिकता झल्कने धेरै गढिहरु रहेको स्मरण गर्दै उहाँले भौगोलिक हिसाबले पनि सो गढिमा पर्यटक आकर्षण गर्न सकिने बताउनुभयो । प्रदेश सरकारले यसको बिकासका लागि बिषेश महत्वका साथ योजनासहित अगाडि बढ्ने समेत उहाँको भनाई थियो । मकवानपुरढीदेखि करिब ५ किलोमिटर माथि कान्तिराजपथ नजिकै रहेको सो गढीमा अहिले पनि पर्यटकहरु घुम्न आउने गरेका छन् । यस अघि पनि प्रदेश सरकारको सहयोगमा सो स्थानमा ऐतिहासिक मन्दिर तथा बिश्राम स्थल निर्माणसमेत गरिएको छ ।
यसैगरी बुधबार नै मुख्यमन्त्री पौडेलले मकवानपुर गढि गाउँपालिकाका विभिन्न कृषि उद्यमहरुको अवलोकन गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले मकवानपुर गढि गाउँपालिकाका कामधेनु कृषि फर्म, देबकी एकीकृत कृषि फर्म, मकवानपुर एग्रो प्राली, कलश बहुउद्देश्यीय कृषि फर्म, तिमल्सीना कृषि फर्महरुको अवलोकन गर्नुभएको थियो । किशानहरुलाई हौसला प्रदान गर्न उनीहरुको फर्ममा नै गएर समस्याका विषयमा जानकारी लिनुभएको थियो । किशानहरुले लगाएको तरकारीका साथै भैंसी, गाई, टर्की तथा कुखुरा फर्महरु अवलोकन गर्नुभएको थियो । किशानहरुले मुख्यमन्त्री पौडेलसंग कृषि उत्पादनको बजार ब्यबस्थीत बनाउन माग गरेका थिए । यसैगरी फर्महरु स्थापना गरेपनि बाटो, पानी, बिजुली लगायतको समस्याका बारेमा पनि उनीहरुले मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थिए । किशानहरुको जिज्ञासाको जवाफ दिदैं सरकारले सबै भन्दा कृषि क्षेत्रलाई महत्व दिने बताउनुभएको थियो । किसानले उत्पादन गरेका हरेक कृषि उत्पादनलाई सहजरुपमा बिक्री बितरण गर्न, सहजरुपमा उत्पादनका बिभिन्न भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने बताउनुभयो । बुधबार नै मुख्यमन्त्री पौडेलले बिभिन्न निर्माणधिन भौतिक संरचनाहरुको समेत अवलोकन गर्नुभएको थियो । अवलोकनमा जिल्ला समन्वय समिति मकवापनुरमा प्रमुख रघुनाथ खुलाल, गाउँपालिका अध्यक्ष बिदुर हुमागाईं, सहकारी संघका केन्द्रिय सदस्य बद्रि लम्साल, दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण देबकोटा, रामजी सापकोटा, हेटांैडा उपमहानगरपालिकाका अधिकृत रामकृष्ण थापा, स्थानिय वडाहरुको अध्यक्षहरुलगायत सहभागि थिए ।