भारतको नक्साको विरोधमा “युथ अफ हेटौंडा”(फोटो सहित)

गुगलपाटी संवाददाता
२२ कार्तिक २०७६ १५:५४

हेटौंडाः भारत विरोधी आन्दोलन दिनानुदिन चर्किरहेको बेलामा “युथ अफ हेटौंडा”ले फरक शैलीमा विरोध गरेको छ। भारत विरुद्धको पर्चा, पम्पलेट लिएर हेटौंडाका मेनरोड सडक खण्डमा विच भाग (सेतो धर्का)मा हिँडेर विरोध प्रदर्शन गरेका हुन्।

युवाले हेटौँडाको बुद्धचोकको वरिपरि पर्चा, पम्पलेट लिएर ३० मिनेट उभिएका थिए भने सिमा चोक, उद्योग वाणिज्य संघको चोकमा पनि गोलो भएर र दुई तर्फी उभिएर विरोध गरेका थिए। हेटौंडा हुँदै भारतीय गाडी धेरै हिँड्ने सिमा चोकमा युवा अभियान्ताले ३० मिनेट उभिएर मौन प्रदर्शन गरेका थिए।

युथ अफ हेटौंडा”को सक्रियतामा हेटौंडाका ठेला चलाउनेलाई समेत पर्चा पम्प्लेट बाँढ्दै राष्ट्रियताको विषयमा जानकारी गराएका थिए।

 

फोटो: जोन पहाडी र रफ्तार सुदिप

तपाईको प्रतिक्रिया