हेटौंडा बचतको साधारण सभा सम्पन्न

गुगलपाटी संवाददाता
२३ कार्तिक २०७६ १३:३०

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ७ मा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको २० औं साधारण सभा आज सम्पन्न भएको छ । संघिय संसदका अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमको सभाध्यक्षता संस्थाका अध्यक्ष इन्द्र बहादुर बस्नेतको रहेको थियो । साधारण सभमा हेटौंडा ८ मा रहेको एल लेडिज टेलरिंगकी संचालिका लक्ष्मी ढकाल ढुंगानालाई उत्कृष्ट बचतकर्ताको रुपमा सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया