भारतको विरोधमा मोटरसाईकल ¥याली

गुगलपाटी संवाददाता
२३ कार्तिक २०७६ १३:५६

हेटौंडा: प्रदेश ३ को राजधानी हेटौंडामा मोटरसाइकल ¥याली निकालिएको छ । भारतले नेपाली भूभाग अतिक्रमण गर्न खोजेको भन्दै हेटौंडा–८ कमानेको मनकामना सांस्कृतिक परिवारको अगुवाईमा प्रदर्शन भएको हो ।
मोटरसाईकल ¥याली हेटौंडाका विभिन्न चोकहरुमा पुगेको थियो । मोटरसाईकल ¥यालीमा सहभागीहरुले नेपाली गोर्खालीहरुलाई चलाउन खोजे खुकुरी चलाउन बाध्य हुने भन्दै नेपालीको स्वाभिमान माथि भारतले चोट पु¥याउन नहुने बताएका थिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ की वडा सदस्य यशोधा उप्रेती सहित करिब एक सय जना युवाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया