हेटौंडामा विमानस्थल निर्माणको तयारी

गुगलपाटी संवाददाता
२३ कार्तिक २०७६ १४:१५

हेटौंडामा विमानस्थल निर्माणको तयारी मुख्यमन्त्री पौडेलले प्रदेशको अस्थायी राजधानी हेटौँडामा प्रदेश सरकारले विमानस्थल निर्माण गर्ने र त्यसको तयारी अघि बढिसकेको बताएका छन्। ‘दुई पटक विज्ञको टोलीले अनुसन्धान गरिसकेको छ’, पौडेलले भने, ‘अब प्राविधिक टोलीले ‘एस’ (हुन्छ) भन्यो भने विमानस्थल निर्माणको प्रक्रिया अघि बढ्छ।’ २५ सय मिटर धावनमार्ग बन्नेगरी ४ सय ५२ विगाहा जग्गामा विमानस्थल निर्माणको अध्ययन भइरहेको बताए पनि मुख्यमन्त्री पौडेलले ठाउँ भने खुलाएनन्। उनले प्रदेशभित्र चितवनमा रहेको भरतपुर विमानस्थल विस्तारको काम पनि अघि बढिरहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया