“युथ अफ हेटौंडा”ले गौतमलाई सार्वजनिक रुपमा माफि मगायो
गुगलपाटी संवाददाताहेटौंडाः विशाल गौतम नाम गरेका युवाले हेटौंडा–१० स्थित बसपार्कमा सामाजिक सञ्जाल मार्फत हेटौंडाको वेईज्जत हुने गरि सामाग्री पोष्ट गर्ने विशाल गौतमले माफी मागेका छन् । उनले सामाजिक सञ्जाल मार्फत हेटौंडा सँग माफि माग्दै अब देखि बोल्दा ध्यान दिने बताएका हुन् ।
“युथ अफ हेटौंडा” नामक संस्थाले गृहमन्त्री रामबहादुर थापालाई विशाल गौतम माथि कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । सोमबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीमार्फत “युथ अफ हेटौंडा”मा आबद्ध युवाहरुले गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएका थिए ।
गौतमले फेसबुकमा पोष्ट गरेको भिडियोमा हातको इसारामा हेटौँडा बसपार्कको बारेमा आपत्तिजनक अभिव्यक्ति दिएका थिए । यसले हिंसाको अनुभुति भएको भन्दै सामाजिक सञ्जालबाट उक्त भिडियो हटाउन र दोषीलाई कारवाही गर्न “युथ अफ हेटौंडा”ले माग गरेको थियो । उनले पोष्ट गरेको भिडियोमा आफु हेटौँडाको एयरपोर्ट (बसपार्क) मा रहेको भन्दै नाकको फुलि इशारा गरेर यस (यौन गतिविधि) का लागि हेटौँडा बसपार्क प्रख्यात रहेको आरोप लगाएका थिए । यसले युवाहरुमा नकारात्मक असर पर्ने र हेटौँडाको बदनाम हुने युवाहरुको भनाई छ ।