मनहरीमा पहिलो क्याफे : तीन अध्यक्षद्वारा उद्घाटन

गुगलपाटी संवाददाता
१ मंसिर २०७६ ११:४८

हेटौंडा:  मकवानपुरको मनहरी बजारमा सुविधा सम्पन्न क्याफे खुलेको छ । युवा व्यवसायी अशोक सारु मगरले खोलेको लाफा क्याफेको आइतबार मकवानपुर जिल्लाका पश्चिमी तीन गाउँपालिकाका अध्यक्षले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले संयुक्त रुपमा रिवन काटेर क्याफेको उद्घाटन गरेका हुन् ।
पश्चिम मकवानपुरको मनहरी बजारमा ४० लाख लगानी गरेर पहिलो सुविधा सम्पन्न रेष्टुरेन्ट सहितको क्याफे खुलेको हो । लाफामा स्वदेशी तथा विदेशी कफि, रेष्टुरेन्ट बार, जन्मदिन मनाउने प्यालेस जस्ता ठाउँहरु भएको सञ्चालम अशोक सारु मगरले बताएका छन् ।

तपाईको प्रतिक्रिया