कार्यकारिणी उपाध्यक्ष बस्नेतको अध्यक्षमा दाबी

गुगलपाटी संवाददाता
५ मंसिर २०७६ ०६:४९

जेसीआई हेटौंडाको लागि बर्ष सन् २०२० को नयाँ नेतृत्वको चर्चा परिचर्चा सुरु भएको छ । यसैक्रममा २०१९ का कार्यकारिणी उपाध्यक्ष लिसेन बस्नेतले २०२० को लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

बुधबार हेटौंडामा पत्रकारहरुसँग कुराकानी गर्दै उनले विभिन्न पदमा कुशलतापूर्वक जिम्मेवारी पूरा गरिसकेकोले अब नेतृत्वको दावी रहेको जानकारी दिएका हुन् ।

जेसिआईमा अनुभवी बस्नेत

सन् २०१२ मा हेटौंडा जेसीज प्रवेश गरेका बस्नेतले उपाध्यक्ष, कोषाध्यक्ष, महासचिव, कार्यकारिणी उपाध्यक्षसहित विभिन्न पदमा रहेर काम गरिसकेका छन् । उनी २०१४ को उत्कृष्ट कार्यक्रम संयोजक समेत घोषित भएका थिए ।

‘अध्यक्ष बाहेक सबै पदमा रहेर काम गरिसकेको छु । बाँकी यही अध्यक्ष पद हो’, उनले भने, ‘यो बर्ष अध्यक्ष पदमा उम्मेदवारी दिने मात्र नभई अध्यक्षको रुपमा काम गरेर युवाहरुको हकहित र नेतृत्व एवम् व्यक्तित्व विकासमा काम गर्ने योजना रहेको छ ।’ जेसीज संस्थाको हित एवम् युवाहरुको क्षेत्रमा काम गर्नको लागि आफ्नो उम्मेदवारी भएको बस्नेतले बताए । पूर्व अध्यक्षहरुले सुरु गरेको नयाँ कार्यलाई निरन्तरता दिँदै केही नयाँ काम गर्ने योजना रहेको उनले सुनाए । ‘सबैलाई समेटेर आफ्नो कार्यकाललाई नमूनालायक बनाउने छु’, उनले भने, ‘सबैबाट अघिल्ला बर्षहरुमा झैं साथ र सहयोग पाउने अपेक्षा समेत राखेको छु ।

तपाईको प्रतिक्रिया