मुख्यमन्त्री पौडेलद्वारा भीमफेदी–इपा सडकको अनुगमन

गुगलपाटी संवाददाता
६ मंसिर २०७६ १३:४२

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले निर्माणाधिन भीमफेदी देखि ईपा सम्मको सडकको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा निर्माणधिन रहेको सडकलाई समयमा नै निर्माण सक्न निर्देशन समेत दिनु भयो । सरकारले संबृदिको सपना देखेकाले देखेको सपना पुरा गरेरै छाडने मुख्य मन्त्रि डोरमणि पौडेलले वताउनु भयो ।


हिजोका दिनमा पैदल यात्रा पनि प्रय असंभव रहेको क्षेत्रमा यस सडक निमार्ण पश्चात सिस्नेरी–फाखेल हँुदै चल्ने सवारी साधनहरुले समेत उक्त सडक खण्ड प्रयोग गर्न सक्ने र स्थानियको दैनिकी परिवर्तएन आउनको साथै स्थानिय उल्पादनले बजार पाउने जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलालले वताए ।


काठमाण्डौ जाने छोटो मार्ग कुलेखानी सिस्नेरी सडकको विकल्पका रुपमा समेत प्रयोग गर्न सकिने यस सडक भएर सिस्नेरी हुँदै काठमाण्डौ जान सकिने गाउँपालिका अध्यक्ष हिदम लामाले वताए ।


२५ करोड ९९ लाख रुपैयाँको लागतमा निर्माण सुरु भरुएको उक्त सडकको लम्बाई २३.६४० किलोमिटर रहेको छ । २०७५ साल मंसिर २५ गते टेण्डर भएको उक्त सडक १८ महिनामा सम्पन्न गरिसक्नुपर्ने सम्झौता रहेको छ । यस सडक खण्डमा दुईवटा पुलको टेण्डर प्रकृया अन्तिम चरणमा रहेको भूकम्प पुनर्निर्माण इकाइ मकवानपुरका प्रमुख बिमल किशोर केवीले वताए ।


उक्त सडक निमार्ण भए पछि भिमफेदी गाँउपालिकाका स्थानीयहरु प्रत्यक्ष लावान्भित हुने छन भने काठमाडांै–ईपा–देउराली सडक खण्ड हुदै सवारी सञ्चालन हुने छ ।