सौन्दर्यकला व्यवसायी संघमा कल्पना

गुगलपाटी संवाददाता
७ मंसिर २०७६ ०८:३२

सौन्दर्यकला व्यवसायी संघ मकवानपुरले प्रारम्भिक भेला गरेको छ । प्रारम्भिक भेलाले कल्पना कुमारी दर्लामी मगरलाई संयोजकमा चयन गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघकाका उपाध्यक्ष राम प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको भेलाले संयोजकको मात्रै टुंगो लगाएको हो ।

भेलामा मकवानपुरका सौन्दर्यकर्मीहरु एक जुट भएर आफ्नो मुद्दामा अगाडी बढ्ने बताएका थिए । पेशागत हकहितको लागि संगठित भएको संयोजक दर्लामी मगरले बताईन् ।
कार्यक्रममा मकवानपुरका सौन्दर्यकर्मीहरुको उपस्थिती रहेको थियो ।