खाद्य अधिकारको लागि जनवकालत सिकाउँदै फियान

गुगलपाटी संवाददाता
१० मंसिर २०७६ १३:१०

हेटौंडाः खाद्य अधिकारको लागि काम गर्दै आएको फियान नेपालले भीमफेदी गाउँपालिकाका ६ भुमीहिनहरुलाई खाद्य अधिकार सम्बन्धी जनवकालत तालिम दिएको छ । भीमफेदी ६ मा भीमसेनस्थान खाद्य अधिकार समुह गठन गरेर फियानले अन्य सामाजिक अधिकार र सवाल उठ्ठान समेत सिकाईरहेको फियान मकवानपुरकी संयोजक रेश्मी कार्कीले बताईन् ।
लालपुर्जा नहुँदा घर बनेन्
भूकम्प गएको पाँच बर्ष बितिसक्दा पनि भूमीहिन भएकै कारण निजि आवास पुन र्निर्माण गर्न नसकेको भिमफेदी ६ का स्थानीयवासीले गुनासो गरेका छन् । फियान नेपाल मकवानपुरको आयोजनामा भिमफेदि ६ स्थित सोमबार भएको खाद्य अधिकार प्राप्तिका लागि जनवकालत कार्यक्रममा उपस्थित पीडितहरुले आफूहरुलाई घर बनाउन समस्या भएको सुनाएका छन् ।


राज्यले भूमीहिनको सवालमा प्रभावकारी निर्णय गर्न नसक्दा आफूहरु आधारभुत आवश्यकताहरु गाँस बास कपासबाट बञ्चित हुन परेको उनीहरुले बताएका छन् । तालिममा भूमीहिन भूकम्प प्रभावित स्थानीयहरुलाई आफ्ना सवालहरु सम्बन्धित निकायसम्म पु¥याउनका लागि समन्वय गरिएको थियो । खाद्य सुरक्षा हुनको लागि सर्बप्रथम भुमीको सुनिश्चित हुनु पर्ने भएकाले भूमीहिन नागरिकको सवालमा तालिम आयोजना गरिएको आयोजकले जनाएको छ । भिमफेदी गाँउपालिकाका वडा नम्बर ६ अन्र्तगत काफल चौर, लामा खोला, उर्लाघारी लगायतका स्थानका भूमीहिन स्थानीयहरुलाई राजनितिक दलका प्रतिनिधिहरुले बषौंदेखि लालपुर्जा दिने आश्वासन दिए पनि पूरा नगरेको स्थानीयको गुनासो छ ।
भूमीहिन स्थानीयलाई लालपुर्जा मिलाइदिन्छु भन्दै श्रम शोषण तथा ठगी जस्ता कार्य बिगतका बर्षहरुमा भएको भिमफेदी गाँउपालिका वडा नम्बर ६ कि सुकुमाया गोलेले बताइन् । यता ६ नम्बर वडा अध्यक्ष सिताराम थापाले भूमीहिनहरुको सवालमा धेरै लामो प्रक्रिया हुने भएकाले केही ढिलाइ भएको तर अब भने छिट्टै उनीहरुको लालपुर्जा सहितको भूमी उपलब्ध गराउने बताए । अन्य स्थानबाट बसाईंसरेर आएका लाभग्राहीले अरु स्थानमा सम्पती भए पनि नभएको भनेको हुन सक्ने भएको हुँदा अनुगमन गर्नु पर्ने भएकाले पनि केहि ढिलाइ भएको थापाको भनाइ छ ।