कानुनमन्त्रीलाई नमुना विधेयक

गुगलपाटी संवाददाता
१७ मंसिर २०७६ १३:२६

हेटौंडाः पुर्व लागुऔषध प्रयोगकर्ताहरुको महासंघ रिकभरिङ्ग नेपाल प्रदेश नम्बर ३ को प्रादेशिक कार्यसमितिले लागु औषध नियन्त्रण तथा नियमन नमुना विधेयक प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेललाई बुझाएको छ ।
विधयेकको नमुनामा भनिएको छ “लागुऔषध नियन्त्रण सम्बन्धमा विश्वव्यापि रुपमा आएको सकारात्मक परिवर्तन लाई समय संगसंगै राज्य अनुकुल बनाउदै लैजानु पर्ने वर्तमान अवस्थामा प्रदेश स्तरमा यसलाई समेट्ने गरि प्रादेशिक कानुन बनाउन कानुन मस्यौदामा सहयोग पु¥याउने उद्देश्यले सरोकारवालाको हैसियतमा नमुना बिधेयक कानुनी पक्षहरुलाई सम्बोधन गरि तयार पारिएको हो । लागु औसध प्रयोगको कारणले प्रयोगकर्तामा परेको स्वास्थ्य, मानसिक असर साथसाथै यसको प्रयोगको कारणबाट समाज र मुलुकलाई भैरहेको हानी एकातिर छ भने अर्को तिर प्रयोगकर्ताहरुलाई हुने लान्क्षना र भेदभाब को कारण बाट लुकेका प्रयोगकर्ताहरुमा एच. आई. भी. हेपाटाइटिस ,क्षयरोग जस्ता स्वास्थ्य समस्या तथा जोखिम तथा क्षति न्यूनीकरणका उपाए नअपनाएको कारणबाट जनस्वास्थ्यमा परेको समस्याहरु अद्धपी बिकराल रहेको छ । लागु औसध प्रयोगकर्तालाई अनैतिक र असामाजिक रुपमा लिई गरिने अपराधिक कारणले समस्या झन्जटिलो बनाउँदै लागेको दृष्टान्त कतिपय मुलुकहरुमा रहेकोमा यसलाई अपराधिककरण नगरी एक अवस्थाको रुपमा लिई लागु औषध प्रयोगकर्ताहरुलाई उनीहरुकै छनौटमा उपचार तथा पुर्नस्थापना गर्ने उपचारमा मौखिक उपचार लगायतका जोखिम तथा क्षति न्यूनीकरणका बिधि प्रयोग गर्ने लान्क्षना र भेदभाव हटाउन अधिकार सुनिस्चित गरि प्रयोगकर्ताहरुलाई सामाजिक पुन एकीकरण गरि समाजमा नयाँ पुस्तामा लागु औषध प्रयोग नियन्त्रण गर्न आवस्यक कानुनको प्रस्ताब तयार पारी बुझाएका छौं ।”
लागुऔषध प्रयोगकर्ताहरुलाई एक विरामीको रुपमा लिएर उपचार गराउनु पर्ने माग सहित नमुना विधेयक बुझाईएको रिकभरिङ समुह प्रदेश नम्ब ३ का सदस्य सन्दिप शाक्यले बताए ।

तपाईको प्रतिक्रिया