३५ लाख लगानीमा स्पोर्टस् ग्यालरी हेटौंडामा

गुगलपाटी संवाददाता
२५ मंसिर २०७६ ०९:२७

हेटौंडा ४ परिजात पथको इन्द्रेणी मार्केट भित्र ३५ लाख लगानीमा ए आर स्पोर्ट्स ग्यालरी खुलेको छ । ग्यालरी मदन भण्डारी स्पोर्ट्स एकेडेमी शिक्षक संघका अध्यक्ष समेत रहेका राजाराम पोखरेलले संचालनमा ल्याएका हुन् । आज एक समारोह विच ग्यालरीको उदघाटन गरिएको छ । हेटौंडा ४ का वडाध्यक्ष नबिन सिग्देलले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै उनले व्यवसायमा नाफा भन्दा पनि सेवाको उद्देश्य राखेर संचालन गर्न आग्रह गरेका थिए । कार्यक्रममा विभिन्न खेलकुद संघ सम्बन्धित पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
ग्यालरीमा सबै खेलकुद सम्बन्धि सामग्रीहरु पाईने संचालक पोखरेलले वताए । एडिडास, नाईक, कावासकी, जस्ता ब्रान्डेड खेलकुद सामग्री राखिएको उनले बताएका छन ।

तपाईको प्रतिक्रिया