पशुपतिनगरलाई एम्बुलेन्स खरिद गर्न सम्झौता
गुगलपाटी संवाददाताहेटौंडा उपमहानगरपालिका वडा ५ का वडा अध्यक्ष राजेश वाँनियाले सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरलाई एम्बुलेन्स खरिद गरि हस्तान्तरण गर्ने भनि खरिद सम्झौतापत्रमा हस्ताक्षर गरि सम्झौता गरेका छन्।
सोमबार एक कार्यक्रमको आयोजना गरि उपमहानगरका मेयर हरि बहादुर महतको प्रमुखअतिथ्यतामा उक्त सम्झौता गरिएको हो। सम्झौतापत्रमा दाता राजेश बाँनिया, मेयर महत, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, प्रदेश ३ प्रहरी प्रमुख शेरबहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकेश कुमार सिंह र सेवा केन्द्रका अध्यक्ष राम विष्ठले हस्ताक्षर गरेका छन्।
समाजसेवी तथा वडा अध्यक्ष बाँनियाले आफ्नो हजुरबुबा चेतसिंह बाँनिया र बुबा विरेन्द्रबहादुर बाँनियाको स्मृतिमा उक्त एम्बुलेन्स खरिद गरि दिन लागेको अध्यक्ष बाँनियाले बताए। अध्यक्ष बाँनिया सहित रविनकुमार र रमेशकुमार दाजुभाई मिलेर सेवा पुग्ने हिसाबले खरिद गर्न लागेको बताए।
नेपाल प्रहरी सँग सहकार्य गर्दै मानविय सेवा पुग्ने हुनाले राजनिति पेशा होईन सामाजिक सेवा हो भनेर एम्बुलेन्स दिन लागेको अध्यक्ष बाँनियाले बताए। मानविय उद्धार र सामाजिक सेवा गर्ने गरे सहज हुने बताएका छन्।
स्रोतः खरिबोट