बाल मैत्री सिकाईले विद्यार्थी खुशी
गुगलपाटी संवाददाताहेटौंडा : शैक्षिक क्षेत्र र बाल बिकासमा काम गरिरहेको सिडोओ नामक गैरसरकारी सस्थाका कारण मनहरी गाउँपालिकाको एक विद्यालयका विद्यार्थीहरु खुसी हुन थालेका छन् । मनहरी गाउँपालिकामा रहेको ऋषेश्वर बाल प्राथमिक विद्यालयमा प्लान ईन्टरनेशनलको सहयोगमा सस्थाले उक्त विद्यालयमा बाल मैत्री सिकाईको लागी कक्षा १ देखी ३ सम्म आवश्यक डेकुरेसन गर्देको हो ।
आज जिल्ला समन्वय समिति, सामाजिक बिकास मन्त्रालय सहित मनहरी गाउँपालिकाका शिक्षा शाखाका कर्मचारी सहित अवलोकन समेत भएको थियो । उक्त अवलोकनको क्रममा सिडिओका कार्यक्रम सयोजक अर्जुन खड्काले जिल्ला करिब ७० विद्यालय बाल मैत्री सिकाईको लागी काम गरिरहेको बताए । उक्त कामको लागी प्लान ईन्टरनेशनल सस्थाले आर्थिक सहयोग गरिरहेको छ ।
विशेष गरि बालबालिकाहरुमा सामुहिक भावनाअनुरूप, व्यवहारिक ज्ञानको लागी बालमैत्री सिकाई महत्त्वपूर्ण हुने सहयोगी सस्थाका प्लानका शिक्षा सयोजक ॐ प्रकाश उप्रेतीले बताए । उक्त विद्यालयका प्रधानाध्यापक नारायण गिरिका अनुसार सिडिओ सस्थाले बाल मैत्री सिकाईको लागी सहयोग गरेपछी विद्यार्थीहरुमा उत्साह समेत बढेको पाईएको छ । अवलोकनमा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य देवराज रिमाल सहितको उपस्थिति रहेको थियो ।