मकवानपुर क्याम्पसमा ताला बन्दी गरेर अनसनमा विधार्थी
गुगलपाटी संवाददाता
हेटौंडाः मकवानपुरको एकमात्र ठुलो सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसले केहि दिन अघि गरेको शुल्क बृद्धिको विरोधमा विभिन्न राजनैतिक दलमा आबद्ध विद्यार्थी संघ संगठनले विरोध प्रदर्शन गरिरहेका छन्।
सतारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले शुल्क वृद्धिको विरोधमा मंगलबारबाट क्याम्पस परिसरमै रिले अनसन सुरु गरेका छन्।
अनेरास्ववियूको आन्दोलनमा स्वतन्त्र विद्यार्थी युनियनले समेत समर्थन गरेको छ ।
शुल्कको विरोधमा नेविसंघले समेत तालाबन्दी गरेको थियो । मंगलबार सुरु भएको रिले अनसनमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष कुमार केसी, अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष एम. बि .बस्नेत सहित विद्यार्थी नेताहरुअनसन बसेका छन् ।
क्याम्पस प्रशासनले विद्यार्थीको ढाड सेक्ने गरि शुल्क बृद्धि फिर्ता नभए सम्म रिले अनसन जारी रहने आन्दोलनरत विद्यार्थी संगठनहरुले बताएका छन्।