दुर्लभ वन्यजन्तु सालकको खपडा सहित ३ जना पक्राउ
गुगलपाटी संवाददातादुर्लभ वन्यजन्तु सालकको खपडा २ किलो १९० ग्राम सहित तिन जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौडा उपमहानगरपालिका वडा नं १ बस्ने बर्ष ३० को गौरव गौतम, वडा नं १ कै बर्ष ३१ को कृष्ण बहादुर गोले र वडा नं ११ बस्ने बर्ष ४८ को सुर्य लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुकाले जनाएको छ ।
सालक आति संरक्षीत वन्यजन्तु भएकाले निजहरुलाई राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम ५ लाख देखी १० लाख सम्म जरीवाना वा ५ बर्ष देखी १५ बर्ष सम्म कैद वा दुबै सजाय हुने कानुनी प्रावधान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रहरी निरिक्षक सुसिल सिहं राठौरले वताउनु भयो ।
सोमबार राति करिव ८ वजेको समयमा बिषेश सुचनाको आधारमा हेटौडा बसपार्कबाट दुर्लभ वन्यजन्तु सालकको खपडा बिक्री बितरणको लागी बार्गेनिङ भईरहेको अवस्थामा निजहरुलाई पक्राउ गरिएको र आजै सालकको खपडा सहित आवश्यक कारवाहिको लागी डिभिजन वन कार्यालय हेटौडा पठाउने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।