ल्होछार पर्वमा मुख्यमन्त्रीको शुभकामना

गुगलपाटी संवाददाता
११ माघ २०७६ ०७:४८

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तामाङ जातीको सबैभन्दा ठूलो र महत्वपूर्ण चाड ल्होछार (ल्होसार) को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देश जारी गर्दै मुख्यमनत्री डोरमणि पौडेलले भनेका छन् । तामाङ जातीको सबैभन्दा ठूलो र महत्वपूर्ण चाड ल्होछार (ल्होसार) को अवसरमा बागमती प्रदेश एवं सम्पूर्ण देशबासी तामाङ दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति , समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । बह्रवर्षलाई एक वर्गको रुपमा मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष भनि हिसाब गरेर मनाइने ल्होछार यो वर्ष सुँगुर वर्गलाई विदागरी मुसा वर्गलाई स्वागत गरेर आज धुमधामसंग मनाइदैछ । तामाङ भाषामा “ ल्हो” भन्नाले वर्ष र “छार” भन्नाले नयाँ भन्ने अर्थ लाग्छ । त्यसैले ल्होछार भन्नाले नयाँ वर्ष वा नयाँ साल भनेर बुझिन्छ । यसवर्पले नेपाली नेपालीहरुबीच भाइचाराको विकास गर्न सकोस , मञ्जुश्री पात्रो अनुसार मनाइने २८५६ औं सोनाम ल्होछारको धेरै धेरै शुभकामना । ‘ल्होछारला ज्याबाडान्बा मुवा’ ।