भिम विराग संगीत साहित्य कला प्रतिष्ठान

गुगलपाटी संवाददाता
१५ माघ २०७६ १६:३९

हेटौंडा: भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरको १२ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।

आज भएको साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ । नयाँकार्यसमिति अनुसार प्रतिष्ठानको अध्यक्षमा ह्यग्रीव आचार्यलाई सर्वसम्मत चयन गरेको छ । आचार्यको अध्यक्षतामा चयन भएको ११ सदस्यीय नयाँ कार्य समिति उपाध्यक्षमा विष्णुगोपाल महर्जन, महासचिवमा केशवलाल श्रेष्ठ, सचिवमा निर्मला भ्लोन रहनुभएको छ । यस्तै, सदस्यहरुमा रेणु ज्ञवाली, कपिला जोशी, सुनिता बिर्लाकोटी, मणिराज गौतम, रमेशराज गहतराज र प्रलय चौलागाई रहनुभएको छ ।

नव निर्वाचित अध्यक्ष आचार्यले भीमविरागको नाममा ठूलो राशीको पुरस्कार स्थापना गर्ने पहिलो लक्ष्य रहेको बताउँदै आफूबाट पाँच हजार रुपैंया सहयोग घोषणा गर्नुभयो । यस्तै, संस्थापक महासचिव सुशीला पाण्डे मानन्धरले पनि पाँच हजार रुपैंया सहयोग घोषणा गर्नुभयो ।