सुनसरीमा बस र माइक्रो ठोक्किदा ४ जनाको मृत्यु ६ जना घाइते

गुगलपाटी संवाददाता
१९ माघ २०७६ ०५:०९

हेटौंडा: जिल्लाको रामधुनी नगरपालिका २ मा बस र माइक्रो ठोक्किँदा चालकसहित ४ को मृत्यु भएको छ । ६ जना घाइते छन् ।  दुर्घटनामा बा ५ ख ३१५७ नम्बरको माइक्रो चालक दिपक खड्का, यात्रुहरु झापा भद्रपुरका डोलकुमारी कोइराला, गरिमा गौतम र हेमराज कोइरालाको मृत्यु भएको पकली प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश अधिकारीले इकान्तिपुरलाई जानकारी दिए ।

काठमाडौंका लागि छुटेको बा ५ ख ३१५७ नम्बरको माइक्रो र काठमाडौंबाट सुनसरी आउँदै गरेको ६ ख ७९५ नम्बरको बस आइतबार बिहान करिब ७ बजे रामधुनी नपा- २ को कृषि फार्म नजिक ठोक्किएको हो ।

घाइतेलाई स्थानीय र विभिन्‍न अस्पताल पुर्‍याइएको छ।

सुनसरीमा आइतबार बिहान बस र माइक्रो आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

काठमाडौं जाँदै गरेको सप्तकोसी यातायातको बा ५ ख ३१५७ नम्बरको माइक्रो र बाग्लुङबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस ठोक्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनापूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवास्थित पितृवना सडकखण्डमा भएको हो। घटनास्थलमा प्रहरीले उद्धार जारी राखेको छ। मृतक र घाइतेको पहिचान खुलेको छैन।

स्रोत: कान्तिपुर