सम्पादक ज्यु सेनालाई बदनाम गराएर के पाउनु हुन्छ ?

गुगलपाटी संवाददाता
२० माघ २०७६ ११:१७

१ स्वेच्छाचारी प्रधान सेनापति, सेनापति आफैं सुधारका वाधक भन्ने विषयमा यसै साता तपाईको साप्तिाहिकमा एउटा समाचार प्रकासित भयो । नाम चलेको पत्रिकामा कुत्सित मनशायले प्रकासित समाचारले यो राष्ट्रका सच्चा सिपाहीहरुको चित्त साच्चिकै दुखेको छ । किन र के कारणले नाम चलेका सम्पादकहरु आफ्नो विश्वसनियता माथि नै प्रश्न तेर्सिने गरी नेपाली सेनामाथि प्रहार गर्ने हदसम्म पुग्न सक्दा रहेछन्, ताजुव लागेको छ । पत्रकारिता क्षेत्रको बफादारिताको विश्लेषण गर्ने ल्याकत मेरो विज्ञता र सेवाको ज्ञानले दिंदैन, न त पत्रिकासम्म पुग्ने हिम्मत मेरो सैनिक अनुशासनले दिन्छ । तर त्यो खबर नेपाली सेनाको वर्तमान वास्तविकता र धरातलीय यथार्थ भन्दा विल्कुल विपरीत छ । केहि काम नगरेपनि मुख बजारेको र पाउ मोलेको भरमा नेपाली सेनामा योग्यता र क्षमता भन्दा ठुलो दर्जा थापेकाहरु, आफ्नालाई र अरुलाई पनि लेनदेनका आधारमा नेपाली सेनामा घुसाउन नपाएकाहरु, यहां कार्यरतहरुलाई आफ्नो मनमर्जीले सरुवा, बढुवा र शान्ति सेना पठाउन नपाई फौजको कमाण्डर होइन (हाकिम हुन नपाएकाहरु, नेपाली सेनाका सिपाहीहरुका मालिक बन्न बञ्चितहरु, सेनाको खरीद तथा निर्माणबाट विगतमा झैं आफ्नो भण्डार भर्न नपाएका असन्तुष्टहरु र तिनका सञ्जाल, किर्ते कागजात र नक्कली प्रमाणपत्रका आधारमा सेवामा रहेकाहरुको चिच्याहट र रोदन तथा आफ्नो ओहदा र दर्जाको मर्यादा कायम राख्न नसक्नेहरुको छटपटीको पुलिन्दा तपाईंको प्रतिवेदन नियोजित हो । त्यो पढिसकेपछि म एउटा सिपाही किंकर्तव्यविमुढ भएको छु ।
२. नेपाली सेनामा थालिएका सुधार योजनाको कार्यान्वयनसंगै विभिन्न एक पाने साप्ताहिक पत्रिकाहरुमा व्यक्तिगत असन्तुष्टिहरु नपोखिएका होइनन, अहिले पनि यो क्रम जारी देख्दछु । हामी नेपाली सेनाका सिपाहीले प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको पालामा अनुभव गरेको र देखेको वास्तविकतासँग सम्पादक महोदयको लेखाइ विल्कुलै मेल खाँदैन । सम्पादकीय लेख्न आधार मानिएकोनियोजित प्रतिवेदन निराधार र गलत मात्रै होइन,सम्पुर्ण विपरीत छ । प्रतिवेदन नेपाली सेनाप्रति पूर्ण पूर्वाग्रहीे छ । हामी आम सिपाहीका लागि नेपाली सेना र नेतृत्वको नियोजित चरित्रहत्या गर्ने प्रयास बाहेक यो अरु केही होइन । समग्र नेपाली सेनामाथि नै गुहु छ्याप्नेतपाईंको उद्देश्य स्पष्ट छ । संगठनमाथि घात गर्दै खान पल्केका र अहिलेका प्रधान सेनापतिको पारदर्शीताको नीतिका कारण आफ्नो दुनो सोझ्याउन बञ्चित भई आत्तिएका स्रोतको प्रयोग भएको छ । तपाईंको नियत सफा र सांचो हुंदो हो त हामी आम सिपाहीहरुबिच खुला र बृहत् अनुसन्धान गरीवास्तविक प्रतिवेदन निकाल्नु हुन्थ्यो । यसबाटदीर्घकालमा नेपाली सेना र यो राष्ट्र नै लाभान्वित हुने थियो।तपाईंको नियत त्यस्तो थिएन । नेपाली सेना वा प्रधान सेनापतिज्युको तर्फबाट किन कुनै प्रतिक्रिया आएन, त्यो त जान्दिन । तर सही सत्य के हो त्यो त मैले अहिले मात्रै होइन विगतदेखि नै भोगेको छु,।अनि संगठनलाई यो अवस्थामा पु¥याउने र दोहेर खानेहरुको अहिलेको हालत पनि मैले हरेक दिन अनुभव गरिरहेकै छु । आफ्नो राष्ट्रिय सेनाप्रति नेपाली जनतामा रहेको विश्वास डगमगाउने तपाईको प्रयास किन नियोजित छन् प्रष्ट पार्दैवास्तविकता अनुसन्धानका लागि तपाईंलाई खुला चुनौति पनि दिन चाहन्छु ।
३. आदरणीय सम्पादकज्यु, मेरो नियुक्तिका कारणले नेपाली सेनामा विकसित हरेक परिस्थितिका बारेमा त म जानकार छैन । तर मेरो १६ बर्षको सैनिक सेवामा बल्ल अहिले यो प्रधान सेनापतिको पालामा नेपाली सेनामा आएको सुधारको प्रभाव प्रत्यक्ष रुपमा देख्ने, सुन्ने र अनुभव गर्ने मौका भने पाएको छु । कथाआफैंबाटै शुरु गर्छु, कोही नचिनेको र माथि आफ्ना कोही नभएको कारण योग्यता हुंदाहुंदै पनि काठमाडौं सरुवा हुन पाएको थिइन । मरम जस्ता २०७५ सालमा छानिछानि काठमाडौं सरुवा भयौं । केहि काठमाडौं कहिल्यै नछोड्ने पनि थिए, हरेक चिफसावहरुको पालामा हेडक्वाटरमा नै घुमिरहने उपल्ला अधिकृतहरु पनि काठमाडौं बाहिर सरुवा भए, त्यस्तालाई जोडको धक्का लागेको पक्का होे । अहिले सरुवासम्बन्धि नीतिगत व्यवस्था नै सोहि बमोजिम लागू भयो । हामी स्टाफ कलेज गर्न नसक्नेहरुलाई त काठमाडौं बाहिर ठेक्कै जस्तो थियो, न घरपायक सरुवा, न त अब्र्जभर, दोस्रो वर्गका अधिकृत भएका थियौं । अहिले त्यो नीतिमा नै परिवर्तन आएको छ । स्टाफ कलेज नगर्ने ७० प्रतिशत भन्दा बढि अधिकृतका लागि विशेष कार्यक्रम र नीतिहरु आएका छन् । सरुवा त भइहाल्यो, अव्जरभर जाने, माथिल्लो तहमा बढुवाको पनि अवसर मिल्ने गरी व्यवस्था भएको छ । आफ्नालाई छानिछानि दोहो¥याई तेहे¥याई कहिले नियमविपरीत र कहिले नयां नियम नै बनाएर पनि अवसर दिइन्थ्यो, विस्तारै समान अवसरको वातावरण सिर्जना भएको छ । त्यही आफ्नाहरु अहिले आगोमा खुट्टा परेझैं अत्तालिएर उफ्रिएका छन् । अझै पनि आफ्नाहरुको पृष्ठपोषण गर्नेहरु स्टाफ कलेज नगरेकालाई पहिलाको जस्तै सबै अवसरबाट बञ्चित गरिनु पर्दछ, भन्नेहरु बांकि नै छन् भन्ने सुनिन्छ ।आफ्नाको भलो गरिदिन बञ्चितहरुको असन्तुष्टि पनि मैले दैनिक सुनेको छु ।
४. माथिल्लो तहका केही जर्साव र कर्सावहरु संगठनका लागि केही नगरेपनि चिनजान र मुखका भरमा उमेर छउन्जेल टर्म थपिथपि दोहन गरिरहन्थे । गोरुले गाई ओगटे जसरी पद ओगट्ने तर केही नगर्नेहरुले गर्दा तलका धेरै योग्य र गर्छु भन्ने अधिकृतहरु तल्लो तहमा नै रिटायर हुन वाध्य थिए, करियर नै चौपट थियो, यसको असर संगठनमा प्रत्यक्ष रुपमा पर्दै गएको थियो, समाधानको सुत्र चाहिं सधैं सेनालाई आवश्यक भएपनि नभए पनि दर्जा थप्ने हुन्थ्यो । तर अहिले क्षमता, योग्यता, चरित्र र कार्यसम्पादनका आधारमा टर्म थप हुने, पदोन्नति हुने थिति वसेको छ । यहि थितिबाट पारदर्शी भएको नीतिले आफ्नो सेवा अर्को ६ महिना वा एक वर्ष थप गर्न नपाएका र नपाउनेको छटपटिहरु तपाईको प्रतिवेदनमार्फत् प्रष्फुटित भएको छ । तसर्थ तिनै केहीको करियर वा भाग्यमाथि खेलवाड भइरहेको तपाईंको दाबी सरासर झुट हो । सेनाको शैक्षिक प्रमाणपत्र र जन्ममिति सम्बन्धमा पूर्व रक्षासचिवज्यूको हवाला दिंदै तपाईले ूप्रधान सेनापतिले ठिक छ भनेर पठाएका कागजात जा“च्दा नक्कली भेटिएका उदाहरण धेरै छन्ू भन्दै पहिलाको कुरालाई अहिलेको प्रधान सेनापतिले पनि त्यसै गर्नु भएको छ भन्ने तपाईको तर्कमा मैले कुनै दम देखिन । अहिले पनि प्रमाणपत्रहरु रक्षा मन्त्रालय गइरहेका छन्, तिनको परिक्षण पनि तहतहमा हुन्छन् नै होला र स्वीकृत वा अस्वीकृत भएका पनि छन् । रक्षा मन्त्रालय पठाएका कागजातमा गल्ती नरहुन् भन्नकै लागि जंगी अड्डामा नै प्रमाणपत्र र नागरिकताहरुको व्यापक छानविन भईरहेको हामीलाई थाहा छ । यो कामलाई तपाईले स्वेच्छाचारी निर्धारण गरिदिनु भएका प्रधान सेनापतिले नै गरेका हुन् । महोदय, यसरीशैक्षिक प्रमाणपत्र र जन्ममिति सम्बन्धमा नेपाली सेनाभित्रै शुद्धिकरणको सिलसिला शुरु भइसकेको कुरा तपाईको प्रतिवेदनमा नसमेटिनु आश्चर्यजनक मात्रै छैन, त्यसले शंसयपनि उत्पन्न गरेको छ (कि त तपाई फर्जिलाई सेवामा ससम्मान रहिरहन दिनु पर्दछ भन्न खोजिरहनु भएको छ, होइन भने तपाई तिनको मोहर बन्नु भएछ । राष्ट्रिय सेनामा त्यस्तै फर्जि चरित्र विकास होस् भन्ने तपाईंको चाहना हो, मेरो प्रश्न तपाईंलाई । यदि होइन भने गरिदिनुस् न तपाईहरुले यस्ता फर्जि चरित्रहरुको पर्दाफास । तपाईंले त तथ्यहरु तिनीहरुका पक्षमा बङ्ग्याउनु भयो, हामीलाई त त्यो छटपटि कस कसको हो भन्ने पनि एक एकको नाम थाहा छ । नेपाली सेनाभित्रै फर्जीको छानविन हुनु पर्छ भनेर हरेक अन्र्तक्रियाहरुमा विषय उठान हुन्छन्, पहिलो पटक नेपाली सेनामा गलतमाथि प्रश्न उठाउन पाइएको छ । जे भएको छ, ठिक भएको छ । महोदय, तपाईले चिन्ता नलिनुस्, यसबाट आफू पनि योग्यताका आधारमा बढुवा हुने ठाउं सिर्जना भयो भनेर नेपाली सेनाका मध्यम र तल्लो तहका हजारौं अधिकृतहरु उत्साहित भएका छन् । पहिलाको जस्तै सेवा थप्न पाइएन, पदोन्नति पाइएन, खान पाइएन, भर्ना गराउन पाइएन, शान्ति सेना पठाउन पाइएन, घरमा सिपाही राख्न पाइएन, ठेक्काबाट हसुर्न पाइएन भन्नेहरुको हुटहुटीलाई तपाईले आफ्नो प्रतिवेदनको नाम दिनु भएको छ, त्यसैले महोदय कतै तपाई कसैको साधन पो हुनु भयो किसम्झाउन चाहन्छु । तपाईको प्रतिवेदन आधारहीन छ । अझै तपाईले उल्लेख गर्नु भएका जस्ता केहिको भाग्यु माथि प्रहार नगरी अन्य धेरै जुनियर र मध्यम तहका योग्य अधिकृतहरुको भाग्य निर्माण हुंदैन भन्ने नेपाली सेनाको समस्याको चुरोसम्म त तपाईको प्रतिवेदन पुग्नै सकेन । तपाईले पदोन्नतिको अवसरबाट बञ्चित गरिएका भनि उल्लेख गर्नु भएकाहरुलाई सैनिक कमाण्डरको रुपमा हामीले सैनिक नेतृत्व क्षमता र योग्यताका आधारमा राम्रै परख गर्न पाएका हौं, हामीलाई उहांहरु रहंदा,रहेको अनुभव पनि भएन, रिटायर भएर जांदा मिस पनि भएन । उहांहरुको योग्यता र क्षमताको राम्रै जानकारको रुपमा तपाईले प्रतिवेदनमा उहांहरुको अभावमा नेपाली सेना भड्खालोमा जाकिएको तरिकाले वर्णन गर्नु भएको छ । सम्पादक महोदय, नेपाली सेनाले कहिले नदेखेको र सोच्न पनि नसक्ने तहमा सुधारको अभियान विगत डेढ बर्षदेखि शुरु भएको छ । यो नेपाली सेनाका हरेक सिपाहीको जिब्रो जिब्रोमा झुण्डिएको छ – ओहो ग¥यो भने त हुने रहेछ नि, बल्ल नेपाली सेनाले वास्तविक सेनापति पायो । तर तपाईंको प्रतिवेदनले त्यो स्वतस् प्रवाहित वास्तविकताको त स्पर्शसम्मपनि गर्न सकेन, किन होला रुसंस्थाको भलो गर्दागर्दै हाम्रा प्रधान सेनापति कसरी स्वेच्छाचारी भए रुनेपाली सेनाको अहिलेको वास्तविकता कसरी नेतृत्वको स्वेच्छाचारी परिभाषामा पर्न आउंछ मैले ठम्याउन सकिन ।
काखापाखा
५. सम्पादक महोदय, तपाईको प्रतिवेदनले हाम्रा आदरणीय प्रधान सेनापतिले काखापाखा गरेको तथ्य पनि सही पहिचान गर्न सकेको छैन । कि त तपाई मानमर्दन गर्ने तवरले नै लाग्नु भएको हो, होइन भने तपाईंले स्रोतको भक्तिगाथाको वर्णन मात्र गर्नुभएको छ । हो, प्रधान सेनापतिले कार्यकालको शुरुमा नै भर्ना सम्बन्धि अनियमिततामा संलग्नलाई पाखा लगाए, भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन तथा सक्षम र योग्य युवाहरुलाई नेपाली सेनामा भर्ना गर्ने वातावरण सिर्जना गरे । कारण त अनेक होलान्, तर नेपाली सेनामा मात्रै होइन मालदार मन्त्रालयहरुमा समेत चर्चित भुवन अधिकारी र पाइलट सुधिर जर्सावहरु चरित्रकै कारण राजिनामा दिई आफैं पाखा लागे जस्तो लाग्छ । फास्टट्रयाकका खाँड जर्सावलाई पनि त रिटायरमेण्ट पछि यही चिफसावको पालामा सम्भावित अनियमितताको छानविनमा ल्याइएकै हो । यस्तो नेपाली सेनामा कहिल्यै भएको थियो र रु सुधिर जर्साव अझै पनि छानविन कै प्रक्रियामा छन् भन्ने मैले सुनेको छु । विगत खराव भएका र चरित्रमा दाग लागेका, तर टिकीरहेकाहरु आफैं पाखा लागेका छन् । तपाईले उल्लेख गर्नु भएकाहरु मात्रै होइनन्, अन्य अनियमितता र सैनिक मर्यादा विपरीतका कार्यहरुमा पनि छानविन भइरहेको छ भन्ने हल्ला सेनाभरि व्याप्त छ । अहिले त्यही छानविनको दायरामा आएका र आउन सक्ने सम्भावितहरु आफुमाथि रणनीतिक सुराकी भइरहेको आरोपमा उत्रिएको हुनुपर्दछ ।मेरो अनुमान हो । शैक्षिक प्रमाणपत्र र नागरिकतामा शंकास्पद देखिएकाहरु पनि धमाधम स्वेच्छिक राजिनामा दिई पाखा लागेको हामीले देखिरहेकै छौं । कट्वाल चिफसावका छोरा प्रमुख सेनानी शुभांगद कट्वालको पनि प्रमाणपत्रकै कारणले गर्दा टर्म थप नभई निवृतिभरण भएको हामीले देखेका छौं । फर्जिशैक्षिक प्रमाणपत्रवालाहरु पनि पाखा लागेकै हुन, तपाईले चाहिं आफ्नो नियोजित प्रतिवेदनमा प्रधान सेनापतिले पाखा लगाए भन्नु भयो। त्यसैले महोदय, यो तपाईको स्रोतको व्यक्तिगत स्वार्थी मनोविज्ञान हो, जसले आफूले पाउंदा अरु बञ्चित भएको कहिल्यै देख्न सकेन, आफूले नपाएपछि ब्रमाण्ड ध्वस्त भएको प्रतिवेदन तयार गर्ने माध्यम बन्न पुगे । तिनै हुन् सर, संगठनमा रहुञ्जेल पनि कुम्ल्याउनमा नै मग्न, रिटायर भएपछि पनि जसले मानमर्यादा दियो, त्यही संगठनमाथि विष बमन गर्नेहरु ।
गुटका कुरा
६. गुटका सन्दर्भमा तपाईंको प्रयास प्रधान सेनापति कसैको परामर्शमा चलेको भन्ने प्रमाणित गर्ने तर्क गरिएका देखिन्छन् । नेपाली सेनामा सुधारको खांचो छ, नेपाली सेनालाई संबैधानिक जिम्मेवारी पुरा गर्न सक्षम बनाउन परिवर्तन आजको अपरिहार्य आवश्यकता हो, प्रधान सेनापतिका रुपमा यो आफ्नो दायित्व हो भनेर घोषित रुपमा नै विसंगति र विकृतिहरुलाई ध्वस्त पारी भविष्यमुखी र अभिप्रेरित संगठनको आधार तयार गर्छु, सकिन भने ३ बर्षे कार्यकाल पुरा गर्नु पूर्व नै फेल भएर जान तयार छु भनेर पदभार सम्हालेकाहाम्रा प्रधान सेनापतिज्युको सुधारको दृढतालाई कसैको परामर्शमा चलेको, रथी उपरथी भन्दा तल ओर्लेर छुट्टै गुटको अभ्यास गरेको भन्ने लाञ्छना लगाउन खोज्नु परिवर्तनको संवाहकका रुपमा प्रधान सेनापतिको कर्म र दृष्टिमा निराधार दोष लगाउनु हो ।तपाईंको पत्रिकामा गुटका कुरा अहिले निक्लेको हो, यो त नेपाली सेनामा विगतको जस्तै मेवा खान बञ्चित भएका असन्तुष्टहरुको सञ्जालमा हामीले सन्दै आएको नियमित भलाकुसारी हो । तपाईंले प्रधान सेनापतिको गुट भनेर परिभाषित गर्नु भएका केही कर्सावहरुलाई म नजिकबाट राम्रोसंग चिन्दछु, जसको चरित्रमा खोट लगाउने ठाउं मैले चाहि देखेको छैन, तिनलाई अहिले धारे हात लगाउनेहरु कतै तपाईंका स्रोत त होइनन, सम्पादक महोदय । केहीलाई चाहिं म चिन्दिन, म तपाईंले जसरी स्रोतका भरमा खोट लगाउन सक्ने अवस्थामा म छैन । तर एउटा कुरा चाहिं मैले के पाएको छु भने ती कर्सावहरुले कुनै ब्यक्तिगत लाभ लिएको र कहिंकसैलाई प्रभावित गरेको चाहिं मैले देखे सुनेको छैन ।तपाईलाई यसमा पनि थप खोज अनुसन्धान गरेर तथ्य बाहिर ल्याइदिनु हुन अनुरोध गर्दछु, यदि तिनीहरु पनि प्रधान सेनापतिज्युको नीतिविपरीत मोलाहिजामा लागेका छन् भने कार्वाही गर्ने आधार तपाईंको प्रतिवेदनले देओस्, पुर्वाग्रही स्रोतलाई कसरी प्रमाणित गर्न सकिन्छ र सम्पादकज्यु ।
७. प्रधान सेनापतिप्रति नेपाली सेनामा असन्तुष्टि चुलिएको तर्क प्रमाणित गर्न तपाईले बाहिनीपति र पृतनापतिहरु असन्तुष्ट देखिन्छन् भन्नु भएको छ । यो चाहिं तपाईको कुरो सही हो ।युनिट युनिटबाट रकम असुल्न, सिपाहीका राशनबाट आफ्नो भुंडी भर्न नपाएकाहरु, विभिन्न कामका लागि आएको बजेट कसैलाई जानकारी नै नगराई विल मिलाएर खान पल्केका केही अहिले एकदमै असन्तुष्ट छन् । बाहिनी, पृतना र विभिन्न निकायहरुलाई बिनियोजित बजेट पारदर्शी र अधिकत्तम सदुपयोग हुने गरी खर्च होस्भन्नका लागि प्रधान सेनापतिले निरीक्षणहरु विभिन्न तहबाट नियमित भइरहेका छन् । म पनि यस्तै एउटा टोलीको सदस्य भएर निरीक्षणमा जाने मौका पाएको थिए । म आफैंले पृतनापतिको त होइन, एक जना बाहिनीपतिज्युको मुखबाटै तपाईले भन्नु भएजस्तै असन्तुष्टि प्रत्यक्ष सुनेको छु, जसले सिपाहीको राशनको विवरण दोहोरो राखि लुकाएका थिए, जसले गरेका निर्माण कार्य गुणस्तरहीन थिए, जसबाट कागजमा गरिएको खर्च वास्तविकतामा गरिएकै थिएन । सम्पादक महोदय, तपाईंले उल्लेख गर्नु भएका असन्तुष्टि उहांहरुकै हुनुपर्दछ । यस्तै प्रकारका असन्तुष्टिहरु पृतनापति जर्सावहरु र तपाईंले भन्नु भएजस्तै चिफसावले भरोसा गर्न नसक्नु भएका माथिल्लो ओहदाका जर्नेलहरुको पनि हुनसक्दछ ।तर यो कुरा चाहिं म ठोकुवा नै गर्र्नेे आधार चाहिं मस“ग छैन, न त मसंग असन्तुष्टि नाप्ने औजार छ । हाम्रा प्रधान सेनापतिज्युले नेपाली सेनामा लिनु भएको यो नीतिको सकारात्मक प्रभाव हरेक सिपाहीले गरेको छ । ुयो चिफ सावले मात्र गरेर कहां हुन्छ, अर्को आउनेले पनि फेरि यस्तै गर्छन ररुु भन्ने प्रश्न सन्तुष्टले मात्रै होइन, ुकिन यस्तो कडाई गरेको खान पाइएनु भन्ने असन्तुष्टहरुले पनि खुलस्त रुपमा नेपाली सेनाभित्रै भन्ने गरेका छन् । सम्पादक महोदय, यो प्रगति र वातावरण नेपाली सेनामा आएको सुधार र परिवर्तनको आधार हो, यो पनि तपाईंका लागि छुट्टै खोजको विषय हुनसक्दछ । तीअसन्तुष्टहरुलाई संगठनको हितमा सन्तुष्ट बनाउने सिफारिस पनि तपाईको प्रतिवेदनमा आओस् महोदय ।
८. वास्तविकता थाहा नपाउनेका लागि नातेदारको गुटसम्बन्धमा तपाईंको स्रोतको दावी साच्चिकै हो कि भन्ने सुनिन्छ । रघु भण्डारी र राजेन्द्र कार्की जर्साव चिफ सावको सांढुभाई हुनुहुन्छ वा होइन त्यो त म जान्दिन, यदि नाता नै हो भने पनि उहांहरुलाई कुनै न कुनै जिम्मेवारी त दिनै पर्दछ । अरु पनि नातेदार वा नजिकका जर्सावहरु हुनु होला नेपाली सेनामा, तपाईंले उहांहरुको कुरो त राख्नु नै भएन । राजेन्द्र कार्की र रघु भण्डारी जर्सावहरु अहिले तपाईंले भनेको विभागमा हुनुहुंदैन । तपाईंको स्रोतको पुर्वाग्रही विचार चाहिं अझै बांकी रहेछन् । त्यसैले तपाईको नियोजित प्रतिवेदन तयार हुन थालेको धेरै भइसकेको अनुमान गर्न सकिन्छ । रघु भण्डारी जर्साव सम्भाररथी हुंदा प्रवन्धरथी पनि हुनुहुन्थ्यो ।सम्भाररथी र प्रवन्धरथी विभाग नेपाली सेनामा मालदार अड्डा हुन्, सबै उपरथीको आंखा यसै विभागमा हुन्छ, रिटायर हुनु अघि भुंडी भर्ने ताकमा शायद । बरु तपाईंले रघु भण्डारी जर्सावले ती अड्डामा बसेर अनियमितता गरेका केही प्रमाण भए प्रतिवेदनमा राखिदिनु भएको भए हामी धन्य हुने थियौं । पहिले खरीद प्रक्रियामा गएको बुट एक दिनमा नै विग्रेको प्रमाण दिएर तपाईंले तथ्य लुकाउन खोज्नु भएको चाहिं मलाई थाहा छ, किनकी रघु भण्डारी जर्सावको कार्यालयमा एकदिन करीव ५० जना जति सम्मिलित एउटा खरीदसम्बन्धि बैठकमा म पनि थिए । उहांले यो कुरा सबैलाई सुनाउनु भएको छ, यस प्रकारको बुट खरीद गर्नेहरु गद्दारहुन् । वास्तविकता तपाईंको स्रोतलाई निकाल्न लगाइदिनुहोस् कृपया ।
९. रथी प्रभुराम शर्मालाई सम्भारमा ल्याइएको छ, यो विवाद निम्त्याउने विभाग हो । पहिल्यै सम्भारमा काम गरिसकेका शर्मालाई दोहो¥याएर सम्भारमा ल्याउनु जरुरी थिएन । उनी विवादमा पर्लान कि, सानो विवादले पनि प्रधान सेनापति हुने बाटो अवरोध हुने हो कि भन्ने तपाईको चासो देखिन्छ । तर सम्भाररथी विभागमा कसलाई ल्याउनु पर्ने थियो भनेर तपाईंले तपाईंको स्रोत आकांक्षीको नाम चाहिं खुलाउन भुल्नु भएछ । त्यो नाम पनि दिनु भएको भए प्रधान सेनापतिज्युलाई तपाईंले भन्नु भएकै व्यक्ति चयन गर्न सजिलो हुने थियो किरु प्रमुराम जर्साव सम्भारमा नियुक्ति भएर कोही त्यहां जान बञ्चित भएको आभाष मिल्दछ । शर्मा जर्साव पहिला पनि सम्भारमा काम गरिसकेको भनेर भन्नु भयो,कहिले हो मलाई चाहिं थाहा छैन । उहांस“गै जोडेर रथी गौरव तण्डुल सेवानिवृत भएपछि चैत्र १९ र बैशाख १९ मा उथलपुथल निम्तिन सक्ने अड्कलवाजी जंगी अड्डामा चल्न थालेको छ भन्ने तपाईको तर्क छ । चैत्र १९ त आउला नि, बैशाख १९ पनि त त्यसपछि आउला, अनि वास्तविकता पनि बाहिर आउला । कहां को आउने र अवको प्रधान सेनापति को बन्ने भन्ने ऐनकानुनले नै गर्ला । नेपाली सेनाभित्र र बाहिर पनि गलत रुपमा आमधारणा निर्माण गर्न उद्दत तपाईंको प्रतिवेदन संगठनका लागि घातक हुनसक्ने मेरो आंकलन हो । हाम्रो नेपाली सेनामा तीनतारे जसरी बनें चिफ पनि त्यसै गरी हुन्छन् हाम्रो जर्साव भन्नेहरु पनि छन्। सम्पादक महोदय, काल्पनिक तर्कका आधारमा तपाईंले हाम्रा प्रधान सेनापतिज्युलाई स्वेच्छाचारी र परिवर्तनको वाधक प्रमाणित गर्न खोज्नु भएको छ । बरु तपाईंलाई नेपाली सेनाको साच्चिकै चिन्ता हो भने अव हुने प्रधान सेनापति भनि तपाईंले तोक्नु भएका प्रभुराम शर्मा जर्सावलाई हालका प्रधान सेनापतिले बसालेको प्रणालीलाई चाहिं निरन्तरता दिन प्रतिवेदनबाट सिफारिस गरिदिनु भएको भए तपाईंको प्रकाशन सार्थक हुन्थ्यो कि, भविष्यकेन्द्रित हुन्थे कि – आम सिपाहीको इच्छा नै यही हो महोदय । प्रधान सेनापतिको कदम र नीति नरुचाउने बढिमा दुई तीन सय होलान् सम्पादकज्यु, तपाईंको प्रतिवेदनले बढिमा तिनै २०० जनाको प्रतिनिधित्व गरेको छ, म यही संगठनको सदस्यका हैसियतले ठोकुवा गर्दै यसमा पनि थप खोज अनुसन्धान गरी वास्तविक प्रतिवेदन तयार गर्न तपाईंलाई अनुरोध छ ।
१०. आफ्नो कोर ग्रुपका भनि तपाईंले भन्नु भएका सहायक रथी प्रेम शाही जर्सावलाई म खासै चिन्दिन । उहांकै कारणले चिफसाव र जर्नेलहरुबिच फाटो आइरहेको छ भन्ने तपाईंको स्रोतको दावी विना प्रमाण राख्नु भएको छ । हामी त फाटो आएको देख्दैनौं । आफ्नो स्वार्थ पुर्ति गर्न नपाएका तपाईका स्रोतहरुको मनोकांक्षामा अवश्य पनि फाटो आएको हुनुपर्दछ । भ्रष्ट विगत बोकेका, आचरणहीनताको मानसिकतामा डुबेकाहरु पाखा लागेका छन्, अझै पनि हामीले केहिलाई पर्ख र हेरको अवस्थामा हामीले देखेका छौं सम्पादकज्यु । कोही अव चाहिं आफनो मस्ति गर्न यो चिफसाव रिटायर नहुञ्जेल पाइदैन भनेर अहिले खोल ओढेर बसेका छन्, तिनका बोली र व्यवहारमा हामी संधै स्पष्ट देख्छौं । तिनको बदलिएको वोली र व्यवहार हाम्रो चिफसावकै कारणले हो, यसमा हामीलाई कुनै दुविधा छैन । चिफसाव भन्दा अगाडि रिटायर हुनेहरु, सम्भाररथीमा बसेर खान पाइन भनेर व्यक्तिगत गुनासो सांच्नेहरु, करतुतहरुमाथि भइरहेका छानविन भइरहेकाहरुको मनमा फाटो अवश्य पनि आएको छ । आफ्ना मनोकांछा पुरा नभएका असन्तुष्टहरुको नजरमा चिफसाव र जर्नेलहरुको विचमा फाटो आएको होला, जो तपाईको प्रतिवेदनका स्रोत हुन् । हालकाप्रधान सेनापतिको बोली र व्यवहारमा मैले चाहिं समानता पाएकोछु सम्पादकज्यु । बरु मिडियाहरु कै सामु हाम्रा प्रधान सेनापतिज्युले बोल्नु भएका के चाहिं व्यवहारमा लागु गर्नु भएन, त्यो चाहिं विषयमा प्रतिवेदन तयार गरिदिनु भएको भए नेपाली सेना लाभान्वित हुने थियो ।
११. एमटी मा अनुभवी कर्नेललाई जिम्मेवारी दिने गरिन्थ्यो भनेर त्यंहा गएर कुम्ल्याउन नपाएकाहरुको सुस्केरा पनि तपाईंको प्रधान सेनापतिको व्यवहार वोलीसंग मेल खांदैन भन्ने तर्कसंग मिल्दैन । एमटीमा यस अघि जिम्मेवारी पाएका अनुभवी कर्नेलहरुको करतुत पनि तपाईंको थप खोज अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने मुख्य क्षेत्र हुनसक्दछ । स्टाफ अधिकृत हुंदैमा वा नातेदार हुंदैमा एमटीको जिम्मेवारी दिनुहुंदैन भन्ने तपाईको कुतर्कसंग कोहि पनि सहमत हुनसक्दैन । यसबाट तपाईंको स्वनामधन्य प्रतिवेदन आफैंमा पुर्वाग्रही र निराधार छ । यदि तपाईंको स्रोतसंग क्षमता छ भने बरु जयराम थापा कर्सावले कुनै अनियमितता गर्नु भएको भए पर्दाफास गरिदियोस् । सम्पादक महोदय धेरैपछि एमटीमा सुधार भएको हामीले अनुभव गरेका छौं । जयराम कर्साव मेरो सिनियर भएको नाताले पनि म राम्ररी चिन्दछु । टंक भट्ट कर्सावको लेवनानको ५० हजार डलरको घोटालाको बारेमा चाहिं म अनभिज्ञ छु र आफ्नो धारणा बनाउन सक्ने अवस्थामा म छैन । तपाईंले नेपाली सेनाबाट प्रमाणिकरण गरि राखिदिनु भएको भए पाठकका लागि विश्वसनीय हुने थियो ।
फास्ट ट्रयाक
१२. फास्ट ट्रयाकको बारेमा चाहिं मलाई खासै जानकारी छैन, त्यसैले तपाईको यस सम्बन्धि प्रतिवेदनमा प्रतिक्रिया गर्नसक्ने अवस्थामा म छैन । तर चिफसावको सम्बोधनमा अनियमितता र ढिलासुस्तीका घटनाहरुका उजुरीहरु छन्, छानविन गरिन्छ भन्ने उल्लेख थियो । त्यसपछि शरदलाल श्रेष्ठ जर्सावलाई निलम्बन नै गरेर छानविन भएको, पछि पुनस् आयोजना प्रमुखमा नियुक्त भई कार्य गरिरहेको, खांड जर्सावलाई रिटायर भएपछि समेत जंगी अड्डामा ल्याई छानविन गरिएको सम्म मैले थाहा पाएको थिए । तपाईंको पत्रिका पढेपछि के भएको रहेछ भनेर बुझ्दा चाहिं अहिले पनि विभिन्न विषयमा छानविन भइरहेको, आयोजनाका जिम्मेवार पदाधिकारीहरुलाई नै मनलाग्दी गर्न नपाउंदा सकसमा रहेको बुझको छु । यस आयोजनाको कार्यविधिमा गैह्र प्राविधिक राख्ने गरी सिफारिस गर्नु पर्नाको कारण त म जान्दिन । तपाईंले के परख गर्नु भएको छ, नेपाली सेनाका प्राविधिकहरुलाई हामीले चिनेका छैनौं र रुकसै कसैको पहुंच र सम्पतिको भण्डार कति छ, तिनको तलव कति हो, तिनीहरुको आम्दानीको स्रोत के हो तपाईंले विस्तृतमा अध्ययन गर्नुपर्ने क्षेत्र हो । प्राविधिक र गैह्रप्राविधिक आयोजना प्रमुखको विषय किन भन्ने प्रश्नको जवाफ शायद त्यसै प्रतिवेदनले स्पष्ट दिनसक्दछ । होइन भने पनि किन प्रस्ताव गरियो, गैह्र प्राविधिक भन्ने विषय रक्षा मन्त्रालय र जंगी अड्डाको विचमा छलफल नभई जंगी अड्डाबाट लिखित प्रस्ताव जाने कुरै आउंदैन । प्रतिवेदनलाई वास्तविक बनाउनका लागि अनुमान होइन, प्रमाण जुटाउन तपाईले त्यो पनि निकाल्न सक्नुपर्नेछ ।भारी बिसाउने कथा
१३. हाम्रा प्रधान सेनापतिज्युको लामो भाषण शायद तपाईलाई साह्रै घत लागेछ । हामीलाई पनि पहिलो पटक सत्य वोल्ने प्रधान सेनापति पाएर एकदमै घत लाग्यो । कसरी भयो थाहा छैन, तर नेपाली सेनाका देशैभरका निकायहरुमा अहिले सकल दर्जाले शुद्ध पानी पिउन पाएका छन्, जुन चिफसावको पहिलो भाषणमा उल्लेख थियो । हाम्रो रासनको स्तरमा अहिलेका प्रधान सेनापति आएपछि आएको सुधारको प्रतिवेदन तयार गर्न म तपाईंलाई व्यक्तिगत तर्फबाट नै आव्हान गर्न चाहन्छुु । रु. २१५० व्यक्तिगत खर्च गरेर प्राप्त हुने ट्रयाक सुट यो चिफ साव आएपछि १७ सयमा बसुन्धरा क्यान्टिनबाट पायौं, अहिले त त्यो पनि सरकारी कोषबाटै पाउने व्यवस्था भएको छ भन्ने मैले बुझेको छु । आदरणीय सम्पादक महोदय, नेपाली सेनामा दुइटा मण्डीमा सुत्ने देशका सिपाही म्याट्रेसमा सुत्न शुरु भएको छ । दराज व्यक्तिगत पाउन थालेका छौं । विदाको रासन मनि पाउन थालेका छौं । बासस्थान र व्यारेकहरुको वातावरणमा गुणत्मक सुधार आएको छ । भर्ना भएकाहरु मध्येबाट पनि आफूले भर्ना गरेका र सेनामा छिराएकाहरुलाई काठमाडौंका निकायमा सरुवा गर्ने संस्कार प्रधान सेनापतिले भत्काउनु भयो, सरुवा नियुक्तिको पनि निर्देशिका नै बनाएर लागू भयो । शान्ति सेना छनौटसम्बन्धि कार्यविधी आफ्नो कार्यकालको शुरुमा नै शंसोधन गरी शान्ति सेना पठाउन पाउने कोटा आफ्नो समेत आफैंले काटे । घरकाजमा राख्ने प्रणालीलाई विविध वाधाविरोधका बावजुद नियमन गरे । यसबाट भुुपु चिफसाव र जर्सावहरु पनि प्रधान सेनापतिसंग रुष्ट छन् भन्ने हामीले सुनेका छौं । बहालवालाहरु त बोल्न नसकेर मात्रै हो । हाम्रा प्रधान सेनापतिज्युको कामबाट पहिलो पल्ट सुधारको दिप बलेको छ, हामी उत्साहित भएका छौं, आशावादी भएका छौं । बुट खरीदको विषयमा तपाईंले उठाउनु भएको मुद्धामा मलाई जानकारी छैन । तर एउटा कुरा म तपाईलाई के भन्न सक्दछु भने हामीले यस अगाडि पाउने र लाउने बुटको स्तर कमसल नै हो । १६ बर्षे मेरो सैनिक सेवामा मैले कहिल्यै सजिलो जुत्ता लाउन पाइन । एक महिना पनि नटिकेको पनि मैले देखे सुनेकै हो । बुटसम्बन्धी एकलौटे ठेकेदारको स्वार्थ यस अघि पनि विभिन्न पत्रपत्रिकामा नआएका होइनन् । तर ठेकेदारले फेरि पहिलाको जस्तै कमशल बुट ल्याएर नाफा कुम्लाउन पाएन भनेर देखिएको असन्तोष हो कि योरु नेपाली सेनामा सिपाहीको वर्दि लगाएका ठेकेदारका ठेकेदार जागिरेहरु पनि छन्, तपाईंले बुझ्नु जरुरी छ सम्पादक महोदय ।बुटको सम्बन्धमा प्रधान सेनापतिज्युले ुनेपाली सेनामा नै बुट कारखाना स्थापना नगरी ठेकेदारको चक्रव्युहबाट बाहिर आउन सकिंदैन, स्तरिय बुट कल्पना मात्रै हुन्छु, एउटा अन्र्तक्रियात्मक कार्यक्रममा भन्नु भएको कुरा तपाईसंग साट्न चाहन्छु । सम्पादक महोदयलाई यसमा पनि विस्तृत खोज अनुसन्धान गरी नेपाली सेनालाई राम्रो बुट प्राप्त गर्ने किसिमको प्रतिवेदन तयार गरिदिनु हुन अनुरोध गर्दछु ।
प्रचारवाजी
१४. तपाईले सिपाहीसंग प्रधान सेनापतिुप्रत्यक्ष संवाद कार्यक्रमलाई सस्तो प्रचार भन्नु भयो, म चाहिं नेपाली सेनामा सुधार र परिवर्तनको आधार भन्न रुचाउंछु ।पहिलो कार्यक्रममा प्रधान सेनापतिज्युले पांच घण्टा जति आफैंले उठेका सबै जिज्ञासाको जवाफ दिनु भयो । त्यसपछि आअफ्ना विभागिय प्रश्नहरुमा विभागीय प्रमुखहरुलाई प्रधान सेनापतिज्यु कै उपस्थितिमा जवाफ दिने प्रचलन राखिदिनु भयो । प्रधान सेनापतिलाई देखाएर छुट लिने गरेका, आफ्ना विभागको वारेमा जानकारी नराख्ने र सिपाहीको समस्या पहिचान गर्न र सुन्न नसक्ने जर्सावहरुको कष्ट पो तपाईले प्रतिवेदनमा समावेस गर्नु भएको हो कि । सम्पादक महोदय, प्रश्नोत्तरको कार्यक्रम भइरहेकै बेलामा आम सिपाहीका सकस र समस्याहरुको जवाफ दिन नपरे हुन्थ्यो भन्ने प्रवृतिका हाकिमहरुले सो प्रश्न उत्तरको कार्यक्रम छिटो सिध्याउन कार्यक्रम सञ्चालकलाई निर्देशन दिएको कार्यक्रमकै दौरान मैले प्रत्यक्ष देखेको छु । तपाईले कसरी यसलाई सस्तो प्रचारवाजी भन्नु भयो । विभागीय प्रमुखहरुलाई सिपाहीले गर्ने प्रश्नहरुले परेको सकारात्मक प्रभाव हामीले अनुभव गरेका छौं, महाशय जवाफ दिन नपरे हुन्थ्यो भन्ने र जवाफदेही हुन नसक्ने गुटको प्रतिनिधित्व तपाईंको प्रतिवेदनले गरेको छ ।आफु जवाफदेही हुन नसक्नेहरुले सिपाहीले आफ्नो कमाण्डरलाई आफ्ना सरोकारका विषयमा इमिडियट कमाण्डरलाई नटेर्ने शसस्त्र प्रहरीको नियति हुनसक्छ भन्ने तर्कसंग म सहमत हुन सकिन । मेरो कमाण्डर म र मेरा सेवा, सुविधाहरु प्रति उत्तरदायी छ र जवाफदेही छ भने मेरो विश्वास त्यो कमाण्डरमाथि हुन्छ, अनि म परेको बेला त्यो कमाण्डरका लागि, नेपाली सेनाको लागि र यो राष्ट्रको लागि गोली थाप्न तत्पर हुन्छु । महोदय, मेरा सरोकारका विषय पुरा गर्ने त कुरा छोडौं, जवाफ पनि सही तवरबाट दिन नसक्ने हाकिमलाई म रिटायर भएपछि विसंन्छु, मेरो भरोसा त्यस्तो कमाण्डरमा किञ्चित रहंदैन। यो रिटायर भएपछि हाम्रा धेरै जसो जर्साव कर्सावहरुको वास्तविक भोगाई हो, तपाईले यसमा पनि अनुसन्धान गर्न सक्नु हुन्छ । हाम्रा आदरणीय प्रधान सेनापतिज्युकोसस्तो प्रचारवाजीको कुरा छोडौं ।उहांको कार्यकालमा भएका कार्यहरुको मात्र प्रचारप्रसार गर्ने र आफ्नो महिमा गाउन खोज्नु भएको भए, तपाईको नियोजित प्रतिवेदन बाह्य पाठकलाई साच्चिकैे जस्तो लाग्दैन थियो ।सस्तो प्रचारमा होइन, नेपाली सेनाको स्तर उकास्न र सम्मान अभिवृद्धि गर्न उहां लाग्नु भएको छ, तर मालिक प्रवृति भएकाहरुलाई यो पाच्य हुने कुरै भएन । तपाईको प्रतिवेदनको स्रोत त्यही मालिक गुट हो । तपाईको प्रतिवेदन प्रकासित भएपछि दंग पर्ने गुट र पत्यार नगर्ने दुई गुट नेपाली सेनामा छ । पहिलो गुटमा तपाईंका स्रोतहरु र खान नपाएकाहरु पर्दछन्, दोस्रो गुटमा आम सिपाही पर्दछन्, जसमा आफ्नो नेतृत्वको नैतिकता, चरित्र र सत्यप्रति पूर्ण विश्वास छ ।
१५. प्रचारवाजी कै कथामा हाम्रा प्रधान सेनापतिज्युले सम्पति विवरण सार्वजनिक गर्नुलाई पनि तपाईंले सकारात्मक लिन सक्नु भएन । सही हो, नीतिगत व्यवस्था नहुंदा सम्पत्ति विवरण सार्वजनिक गर्ने कार्य कसैका लागि वाध्यकारी छैन । हाम्रा आदरणीय प्रधान सेनापतिज्युले स्वेच्छाले सम्पत्ति विवरण सार्वजनिक गर्नु भएको हो, यो उहांको नैतिक धरातल हो जस्तो मलाई लाग्दछ । अव सेवा निवृत भएर जांदा पनि उहांलाई सम्पत्ति विवरण सार्वजनिक गर्न वाध्यकारी भयो कि जस्तो मलाई लाग्दछ । स्वेच्छाचारी भएर आफ्ना इच्छाहरु लाद्न खोज्ने र कमाउ व्यापार संगठनमा चलाउन खोज्नेले सार्वजनिक गर्लान र सम्पत्ति विवरण । जुन अनर्गल आरोप तपाईले लगाउनु भयो, के का लागि भन्ने प्रश्न आफैंलाई सोध्नु भयो भने त्यसको जवाफ तपाईं आफैंले पाउनु पर्ने होे । सम्पत्तिविवरण सार्वजनिक गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने भनेर तपाईंले भन्नु भन्दा आफ्ना प्रधान सेनापतिले सार्वजनिक गरिसकेपछि पनि त्यो नैतिकता देखाउन नसक्ने अकुत कमाएकाहरु, कानपुरमा सम्पत्ति थुपार्नेहरुलाई एक पटक प्रश्न गर्नु भए बेश हुने थियो । हाम्रा प्रधान सेनापतिमाथि हरेक विषयमा प्रश्न तेर्साउनु भन्दा सम्पत्ति विवरण सार्वजनिक गर्न नसक्नेहरुलाई तपाईको पत्रिका मार्फत् दवाव दिनु भएको भए बेश हुने थियो कि रु कतै तपाईको प्रतिवेदन अनैतिकहरुको गुटबाट प्रेरित पो पर्नु भयो कि – एकपटक समिक्षा गर्नुहोला । नेपाली सेनामा पहिलो पटक प्रधान सेनापति लोभानीपापानीबाट टाढा रहेको मेरो अनुभव हो । मेरो अनुभव गलत सावित गर्नुहुन पनि म तपाईलाई चुनौति दिन चाहन्छु ।
समष्टिगत विश्लेषणर मेरा सुझाव
१६. श्रीमान सम्पादकज्यु, तपाईलाई लाग्ला यो प्रधान सेनापतिको गुटको हो, त्यसकारण प्रधान सेनापतिको रक्षा गर्दैछ । नेपाली सेनामा पहिलो पटक ुसेनाभित्र व्यापक सुधारको खांचो औंल्याउने सेनाप्रमुख पूर्णचन्द्र थापाको पारदर्शी र विश्वसनीय क्रियाकलापु हरुको ठिक विपरीतसुर्यलाई हत्केलाले छोप्न खोज्ने, असत्यलाई सत्य सावित गर्न खोज्ने, व्यक्तिगत स्वार्थ प्रताडित हुंदा सांगठनिक हितका विषयमा भएका सुधारका कार्यलाई पचाउन नसक्नेहरुको गुटको प्रतिनिधित्व गर्ने तपाईंको प्रतिवेदनले यो देशका सच्चा सिपाहीको छातिमा घोच्यो, असह्य पिडा हुने गरी । त्यसकारण मात्रै मैले तपाईलाई पत्र लेख्ने साहस जुटाएको हुं । तपाईहरु सञ्चारकर्मी वा सम्पादकहरुले जस्तै मपनि थाहा नपाएका र अप्रमाणित कुरामा अड्कल काट्न सक्दिन, पेशाको धर्मले ।मैले लेखेका कुरा नेपाली सेनामा अहिले आएको सुधारको विम्व हो, यो मेरो नितान्त ब्यक्तिगत अनुभव हो ।मैले सिपाहीको रुपमा सत्यको रक्षा गर्र्नै पर्दछ ।
१७. संगठनका गल्ती कमजोरी र विकृतिहरुमा सुधारको आवश्यकता पहिचान गरी त्यसलाई परिवर्तन गरेर तीन वर्षमा नेतृत्व हस्तान्तरण गर्छु भन्ने हाम्रा प्रधान सेनापतिज्युको दृढताले गर्दा नेतृत्वप्रति पहिलो पटक अपार विश्वासको उभार आएको छ । बल्लुहाम्राले होइन राम्राले, कर्णेले होइन गर्नेलु अवसर पाउने मेरिटोक्रेसीको अवधारणा, समानता र समताको वातावरण सिर्जना भएको छ । अफसोच तपाईं त्यहि खानबाट बञ्चित यथास्थितिवादी संगठनभित्रैका परिवर्तनका बाधकहरुको पक्षमा उभिनु भयो । तपाईले त लेखिदिनु भयो, केहीले पत्याए पनि होला, केहिले यसमा आनन्दाभुति पनि गरिरहेका होलान्, तर सम्पादकज्यु नेपाली सेनामा आएको परिवर्तनको वास्तविकता भन्दा तपाईको प्रतिवेदन विल्कुल विपरीत छ । परख नै नगरी पुर्वाग्रही भई स्वार्थी स्रोतका आधारमा कसैको परिक्षण गर्नाले तपाईको प्रतिवेदन सरासर गलत भएको छ । हाम्रा प्रधान सेनापतिज्युको मात्रै होइन, तपाईंका स्रोतहरु सहित तपाईले उल्लेख गर्नु भएका अन्यको हकमा समेत तपाईको प्रतिवेदन दुर्भावनापूर्ण, एकतर्फी र तथ्य विपरीत छ । तपाईको प्रतिवेदनले नेपाली सेनामा तत्काल सुधार गर्नुपर्ने गलत संस्कार र प्रवृतिलाई बढावा दिन खोजेको छ । नेपाली जनता र चौंथो अंग सञ्चार जगतले चाहेको नेपाली सेना त्यस्तै हो त सम्पादकज्युरुतपाईंले अरुपक्षहरुबाट पनि हेर्ने र नेपाली सेनाबाट प्रमाणित गराउने कोशिश समेत गर्नु भएन जस्तो लाग्दछ । सेना र प्रधान सेनापतिलाई मात्रै होइन, तपाई, तपाईको पत्रिका र तपाई आवद्ध मिडिया हाउसको पनि विश्वसनीयतामा यसबाट प्रश्न तेर्सिएन र रुविश्वसनियता भत्किंदा एक दिन तपाईंको पत्रिका पनि अरु साप्ताहिक जस्तै हुनसक्ने तर्फ पनि ध्यान दिनु उपयुक्त होला महोदय ।
१८. हाम्रा आदरणीय प्रधान सेनापतिज्युले पहिलो पटक नेपाली सेनामा पारदर्शिताको छनक दिने गरी आफ्नो नितान्त सांगठनिक सम्बोधनमा नै पत्रकार मित्रहरुलाई सहभागी गराउनु भयो । मैले यस भन्दा माथि राखेका विषयमा पनि नेपाली सेनाको सही च्यानलबाट अनुरोध गर्नुहोस्, हाम्रा प्रधान सेनापतिले तपाईलाई विस्तृत अध्ययन अनुसन्धान गर्न दिनुहुन्छ होला जस्तो लाग्छ । तपाईले हाम्रा प्रधान सेनापतिज्युको कुटनैतिक विनम्रता र शालीनताका बारेमा जान्नु भएको रहेछ, हामीले प्रधान सेनापतिज्युको जनरलसिप महशुस गर्न पाएका छौं । एउटा सैनिक कमाण्डर जस्तो, संगठनमा सुधार ल्याउन देखाउनु भएको कठोर रुप त हामीले देखेका छौं । सत्य र सही कुरा स्वीकार्ने र संगठनको दृष्टिकोणबाट गलत कुरालाई गलत भन्ने, व्यक्ती होइन संगठन महत्वपुर्ण हो भन्ने । चिफ सावसंग पहिला काम गरेका सिनियरहरुबाट सत्य र सही कुरामा अडिग रहने चिफसावको चरित्र नै हो भन्ने मैले सुनेको छु ।चिफ भएपछि उहांले सुधारका लागि क्रमभंगताको कठिन बाटो रोज्नु भयो जस्तो मलाई लाग्छ । प्रधान सेनापतिज्युको ओपन सेक्रेट दृढता, अपारदर्शीता हो जस्तो मलाई लाग्दैन । सम्पादकज्यु, आफ्नो कार्यकालको ५० प्रतिशत समय विताएका हाम्रा चिफसावलाई तपाईले हेक्का राख्न पनि सुझाउनु भएको छ, जुन एकदमै सकारात्मक छ । यसै प्रसंगमा आफ्नो कार्यकाल आधाआधी बांकी रहेका आदरणीय चिफसावलाई मेरो पनि एउटा अनुरोध छ (चिफसाव तपाईंको नीति र कार्यप्रणाली सकारात्मक र प्रभावकारी छन्, पत्रपत्रिकामा प्रकासित यस्ता समाचारहरुमा हाम्रो विश्वास छैन । नेपाली सेनामा अझै सुधारको खांचो छ, तपाईको दृढताको आवश्यकता छ ।आफ्नो दुनो सोझ्याउंदै आएकाहरु तपाईको नीतिबाट प्रभावित भई अत्तालिएको यसबाट प्रष्टै देखिन्छ । शमशानको गन्ध पाएपछि पर्ख र हेरमा रक्षात्मक बसेकाहरु अव प्रतिक्रियात्मक भएका छन् ।चिफसाव परिवर्तनको चाहना पुरा हुने अवस्थामा आएको संकेत हो यो । सर, तपाईंको अवको ५० प्रतिशत कार्यकालमा पनि बांकी रहेका नेपाली सेनाका क्यान्सरहरुलाई जो गर्नुपर्ने सो गरी ठिक पारेर मात्रै जानुहोस् । तपाईंको पदीय दायित्व पनि यही नै हो जस्तो मलाई लाग्छ । नेपाली सेनाको हित चाहने हामी सबै सिपाहीहरु तपाईंको साथमा छौं, अनि आफ्नो सेना राम्रो भएको देख्न चाहने नेपाली जनताको सदभाव पनि हजुरको साथमा अवश्य नै रहन्छ । स्वार्थीहरु परिवर्तनविरोधी खेमामा उभिन्छन्, अहिले तिनै संगठनहित विरोधीहरुलाई सही जस्तो देखाउन खेजिएको छ । सत्यको सधैं जित हुन्छ सर, नैतिक व्यक्तिले कसैसंग डगमगाउनु पर्दैन। कुकुरहरुले भुक्दा हात्ति रोकिनु पर्ने कुनै जरुरत छैन चिफसाव ।
१९. अन्त्यमा आदरणीय सम्पादकज्यु तथा नेपाली सेनासंग सम्बन्धित प्रतिवेदन तयार पार्न सहभागी मित्रहरुलाई अनुरोध गर्न चाहन्छु । नेपाली सेनामा पहिलो पटक अनुभव गर्न सकिने गरी सुधारको अभियान शुरु भएको छ । तपाईहरुले पच्छगामीहरुको वकालत गर्नु भयो । तपाईहरुको प्रकाशनले फेरि नेपाली सेनामा पहिला कै पुनरावृति हुने डर हामीलाई जागेको छ, यसबाट असत्यको स्वर उंचो हुन सक्छ । कृपया तपाईंहरुको व्यक्तिगत र संस्थाको विश्वसनीयताको कसैले कसैमाथि प्रहार गर्ने साधनको रुपमा प्रयोग गर्न नपाउन् । वास्तविकतालाई आम जनतामाझ उजागर गरी सही विषय र व्यक्तिले संगठन र देशमा स्थान पाउन्, नत्र कसरी चौंथो अंगको स्वार्थ र दायित्व पुरा होला त । अरुलाई दायित्वबोध गराउन खोज्नेले आफ्नो दायित्व पनि सही रुपमा निर्वाह गर्नुपर्ने वास्तविकता तपाईहरुका आगामी खोज र प्रकाशनमा देख्न पाइयोस् ।
२०. तपाईको प्रकाशनले मेरो संगठनका लागि मैले केही समय खर्चन वाध्इ भए । धरातलीय यथार्थलाई हेर्ने हो भने र यदि बहुपक्षीय अनुसन्धान गरी प्रतिवेदन तयार गर्नु भएको भए मलाई लाग्दछ (वास्तवमा तपाईंको हेडलाइनूस्वेच्छाचारी प्रधान सेनापति, परिवर्तनका वाधकू होइन किू निस्वार्थ र दुरदर्शी प्रधान सेनापति नेपाली सेनामा परिवर्तनका संवाहकू हुने थियो । सम्पादक महोदय, सञ्चारजगत झुक्किएर वा नियतवस अवास्तविक खेमामा पुग्दा यसको असर वा प्रभाव समाजमा के पर्लारु के प¥यो होला रुयसले कसको पृष्ठपोषण गर्ला रुअहिलेलाई त्यति अनुमान मात्रै गरौं । तर, आदरणीय सम्पादकज्यु हाम्रा प्रधान सेनापतिज्युको नेतृत्वमा नेपाली सेनामा अग्रगामी छलाङ मार्ने किसिमको वातावरण निर्माण भएको छ ।आफ्ना व्यक्तिगत स्वार्थहरु सिद्ध नभएकाहरु विचलित भएका छन, तर आम नेपाली सेनामा उत्साह थपिएको छ । देखेसुनेको वा सुनाइएको वा प्रायोजित गरिएको होइन, यो अनुभव मेरो हो, समग्र नेपाली सेनाको पनि हो ।
नोटः लेखक नेपाली सेनाका एक अधिकृत हुन् । पदिय दाहित्वका कारण उनको नाम हामीले गोप्य राखेका छौं । यो उनको बिचार हो ।