ए डिभिजन लिग : मनाङ र एनआरटीको खेल स्थगित

गुगलपाटी संवाददाता
२५ माघ २०७६ १३:३८

हेटौंडाः शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत शनिबार भएको दोस्रो खेलमा जाउलाखेल युथ क्लबले फ्रेण्ड्स क्लबमाथि जित निकालेको छ। शनिबार एन्फा मैदान सातदोबाटोमा भएको दिनको दोस्रो खेलमा जाउलाखेलले फ्रेण्ड्स क्लबलाई १(० गोल अन्तरले पराजित गरेको हो। जाउलाखेलको जितमा फोडे फोफानाले खेलके ५८औँ मिनेटमा गोल गरेका थिए । आजको जितसँगै जाउलाखेलले लिग तालिकामा थप तीन अंक जोड्दै पाँचौ स्थान कायम गरेको छ। शनिबारको हारपछि फ्रेन्ड्स क्बल १४ अंकमा सीमित रहँदै नवौं स्थानमा छ। शनिबार नै हुने भनिएको मनाङ मस्र्याङ्दी क्लब र न्यूरोड टिम ९एनआरटी० बीचको खेल भने स्थगित भएको छ। शनिबार ३ बजे सशस्त्र प्रहरीको मैदान हल्चोकमा हुने भनिएको खेल प्राविधिक कारण स्थागित गर्नुपरेको अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ। उक्त खेल आइतबार १ बजे एन्फा मैदान सातदोबाटोमा हुनेछ।
स्रोतः थाहाखबर