तस्करी कारोबारका कुख्यात गुप्ता पक्राउ

गुगलपाटी संवाददाता
२७ माघ २०७६ ०६:४४

हेटौंडाः वीरगन्जबाट तस्करी कारोबारमा कुख्यात मदनप्रसाद गुप्ता ९रुन्चे० पक्राउ परेका छन्। उनलाई हुण्डी कारोबारमा संलग्न भएको आशंकामा पक्राउ गरिएको हो। स्रोत नखुलेको अवैध साढे पाँच लाखसहित आइतबार एक भारतीय पर्सामा पक्राउ परेको १२ घण्टा बित्न नपाउँदै रुन्चे वीरगन्जबाट पक्राउ परेका हुन्। हुण्डी कारोबारीहरूको अनुसन्धान गर्दै जाने क्रममा गुप्ता पनि जोडिन पुगेकोले अनुसन्धानका लागि नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले थाहा खबरसँग बताइन्। गुप्तालाई नगदसहित पक्राउ नगरे पनि अवैध कारोबारीहरुसँग उनको पनि लिंक जोडिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा पनि सो कुरा खुल्न आयो। यो विषयमा थप अनुसन्धन भइरहेकोले विस्तृत प्रहरीले पछि बताउने उनको भनाइ छ। योभन्दा पहिले पर्सामा आउने धेरै प्रहरी अफिसरहरूसँग उनको राम्रो उठबस हुने भएकोले मंगलबार अवकाश पाउँदै गरेका प्रहरीका आइजीपी सर्वेन्द्र खनाल वीरगन्ज बस्दासमेत रुन्चे उम्किँदै आएका थिए। कागजपत्र झुक्याई बाराबाट नेपाली नागरिकता लिन सफल साविकको भारत पूर्वी चम्पारण विसुनपुर्वा घर भएका गुप्ता ट्रान्सपोर्ट व्यवसायी पनि हुन्। उनले त्यहीबाट अवैध कारोबारलाई बढावा दिँदै आएका थिए। यो कुरा वीरगन्जका प्रायः अधिकांशलाई थाहा भएको ट्रान्सपोर्ट व्यवसायीहरू नै बताउँछन्। गुप्ता ९रुन्चे० लाई आइतबार अबेर नै पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।
स्रोतः थाहाखबर