राष्ट्रिय अपाङ्ग महासंघकाे साधारणसभा सम्पन्न

गुगलपाटी संवाददाता
२ फाल्गुन २०७६ १३:२३

हेटौंडाः राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको दोस्रो साधारणसभा आज भएको छ । दिगो विकासको लक्ष्यमा अपाङ्गतामैत्री भविष्य नाराका साथ सभा भएको हो । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्मा कार्यक्रममा बोल्दै संविधान अरू हिसाबले उत्कृष्ट होला तर अपाङमैत्री देखिएन, स्थानीय र प्रदेश तहमा समावेशी हुन सकेन, महिला, जनजातिका लागि जस्तै अधिकार दिनुपर्छ बताए । दुई तिहाईको सरकारले अधिकार खोस्न खोजे अपाङ्ग भएकाको अधिकार दिलाउन हामी प्रतिवद्ध रहेको अध्यक्षहर्माले भनाई राखे । आफनो अधिकार लिन आन्दोलन गर्ने चेतावनी अब आफ्नो अधिकार स्थापित गर्न राजनितिबारे जागरुक हुँदै दलहरूमै क्रियाशील हुनुपर्ने उनले बताए । सामाजिक विकास समितिमा पनि अपाङता भएकाले आवाज उठाउँने शर्माले जनाए । अधिकारका लागि आन्दोलन जुलुस गर्नु पर्दैन । अपाङ्गता बरदान पनि हुन सक्छ । प्राप्त स्रोत साधन र अधिकारलाई अधिकतम प्रयोग गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष अश्विन लम्साल जतिजति उपलब्ध भएका छन् । प्रदेशका १ सय १९ वटै स्थानीय तहमै समुदायमा आधारित कार्यक्रमबाट राहत पुगेको अपाङ्गता भएकालाई सुसुचित बनाउन मोबाईल एप बनाएको भन्दै एपबाट अपाङ्गता भएका मोबाईल मार्फत सचेत बनाउने बताए ।