थप चारवटा थर्मल स्क्यानर खरिद गर्दै स्वास्थ्य मन्त्रालय

गुगलपाटी संवाददाता
३ फाल्गुन २०७६ ०८:४०

हेटौंडाः कोरोना भाइरसको कहरपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जोडेको दुईवटा थर्मल स्क्यानर मध्ये एउटा ११ दिनमै बिग्रिएपछि सरकारले थप चारवटा थर्मल स्क्यानर खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थर्मल स्क्यानरसहित १०० वटा इन्फाइरेड थर्मामिटर पनि सँगै खरिद गर्ने योजना अघि सारेको हो। सो को लागि स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाले खरिद प्रक्रिया अघि बढाएको हो। मन्त्रालयका अनुसार थर्मल स्क्यानर र इन्फाइरेड थर्मामिटर खरिद गर्ने प्रक्रिया अघि बढेको बताइएको छ। एक हप्ताभित्रै एक साताभित्रै उपलब्‍ध गराउने गरी खरिद योजना अघि सारिएको हो। सो को लागि सरकारले टेन्डर खोलेर निवेदन मागिसकेको र आइतबार टेन्डर खोलिने र सोही दिन मूल्याकंन गरी संस्था छनोट गरी एक साताभित्र सामान उपलव्ध गराउने गरी काम अघि बढेको मन्त्रालय जनाएको छ। विमानस्थलमा जोडिएको थर्मल स्क्यानरले विदेशबाट आउने ज्वरो नाप्ने काम गरेको छ। यस्तै, इन्फाइरेड थर्मामिटरले पनि टाढैबाट व्यक्तिलाई टार्गेट गरेर ज्वरो नाप्ने काम गर्दछ। चीनसहित विभिन्न देशमा कोरोना भाइरसको प्रक्रोप बढदै जाँदा सरकारले अत्याधुनिक उपकरण खरीद गर्न लागेको हो। विमानस्तलमा जडान गरिएको दुईवटा थर्मल स्क्यानर बिग्रिएपछि हाल एउटा स्क्यानर मेसिनले मात्र काम चलाएको छ।
स्रोतः थाहाखबर