मिहिनेतले बन्छ मानिसको नयाँ रूप

गुगलपाटी संवाददाता
३ फाल्गुन २०७६ ०८:४७

हेटौंडाः स्वेता खडकाको परिचय कलाकार, समाजसेवीमा मात्र सिमित छैन। कुनै समय फिल्म निर्माण कर्ता पनि थिइन। पछिल्लो समय उनीद्बारा अभिनित पछिल्लो फिल्म ुकान्छीु हो। साथै एक उद्यमीको रुपमा पनि परिचित भइसकेकी छिन्।खड्का अहिले फिल्म निर्माणसँगै समाजसेवामा पनि सहभागी छन्। उनले सिन्धुपाल्चोकको माझी गाउँमा एकीकृत नमुना बस्ती निर्माण गरिसकिन्। कलाकारिता क्षेत्रमा प्रवेश गर्नुभन्दा पहिले पनि उनी उद्यमी थिइन्। उनले गरेको व्यवसाय के होरु अहिलेको अवस्था कस्तो छरु व्यवसायीक यात्राबारे थाहाखबरकर्मी अतिन आचार्यले बुझ्ने प्रयास गरेका छन्। उद्यमी, कलाकार र समाजसेवाको काममा एकसाथ अगाडी बढाइरहनुभएको छ। कतिको व्यस्त हुनुहुन्छरु सिन्धुपाल्चोकको माझी बस्ती निर्माण सकियो। सबैभन्दा बढी उद्यम गर्नमा व्यस्तमा छु। बेला(बेलामा सुटिङमा गइरहेको हुन्छु। कलाकारिता, समाजसेवी र उद्यमी हुनुहुन्छ। उद्यम प्रसंग निकालो क्यार। कस्तो खालको उद्दम गर्नु भएको होरु हस्पिटालिटी, इन्टेरियर र रियल स्टेटसम्बन्धी काम गरिरहेको छु। पहिलोपटक कुन क्षेत्रबाट व्यवसायीकतामा हात हाल्नु भएको थियोरु भवन निर्माण सामग्री र इन्टेरियरको काम गरेको थिएँ। भारत र चीनबाट पनि सामान आयात गरेकी थिएँ। आफ्नो व्यापार व्यवसायको प्रवर्द्बन कसरी गरिरहनु भएको छरु १७ वर्षको उमेरदेखि उद्यममा हात हालेको थिएँ। गम्भीर रुपमा काम गरेको १३ वर्ष भइसकेको छ। मसँग कामको धेरै अनुभव छ। त्यसपछि मैले कम्पनी स्थापना गरेर काम गरिरहेको छु। त्यस समयदेखिको आफ्ना ग्राहकसँग भएको सम्बन्धले मलाई अहिले काम गर्न सजिलो भएको छ। पब्लिक रिलेसन मेरो राम्रो छ। एउटा व्यवसायमा सफल भएपछि काम गर्न सजिलो भइरहेको छ। मेरो परिचयले पनि राम्रो काम गर्न सकेको छु र गरिरहेकी छु।सबैभन्दा ठूलो कुरा मानिसलाई राम्रो काम गरेर दिनुपर्छ। अहिले प्रविधिले मानिसलाई सजिलो बनाएको छ। फोनबाट पनि सम्पर्क गरेर भनिरहेको हुन्छु। कुशलता, सिर्जनशीलता, नवप्रवर्द्धन गर्ने क्षमता एउटा व्यवसायीमा हुनुपर्छ भन्छन्। आफैलाई म्ल्यांकन गर्दा यी मध्ये तपाइसँग सबैभन्दा बढी के छ जस्तो लाग्छरु म सँग सिर्जनशिलता बढी छ। मैले कल्पना गरेको कुरालाई यथार्थमा बढी नै ढाल्न सक्ने क्षमता म सँग छ। सामाजिक काम गर्नको लागि पनि मैले कल्पना गरेर नै त्यहाँ गएको हुँ। माझी बस्ती बढी सिर्जनात्मक देखिन्छ। त्यहाँको भौगोलिक बनावट पनि राम्रो छैन। त्यस्तो ठाउँमा बस्ती निर्माण गर्नु भनेको ठूलो चुनौती थियो। त्यसलाई मेरो सिर्जनाले काम गरेको हो। मैले गरेको काममा बढी सिर्जनाशिलताको जरुरी छ। हस्पिटालिटीको काम छ यसमा पनि बढी सिर्जनाशिलता चाहिन्छ। सजावट वा हरेक कामको लागि सिर्जनाको जरुरी छ। आज जे छु म त्यो सायद सिर्जना गर्न सक्ने कारणले नै भएको हुँ। एउटा सफल उद्यमी बन्नको लागि के के कुराको जरुरी पर्छरु उद्यमीसँग मात्र होइन कि सामान्य मानिससँग पनि आधारभुत मान्यताहरु हुन्छन। बोलीमा नम्रता, अनुशासित, काममा निरन्तरता, मेहनती र धैर्यता हुनुपर्छ। यीनै कुरा भए व्यवसायमा सफल भइएला जस्तो लाग्छ। अहिले कमाएर अहिले नै भए भरको धन बटुल्छु भन्ने सोच राख्यो भन्ने त्यसरी चल्दैन। उद्यमी हुनु भनेको मालिक आफै हुनु हो। मालिकको मोहले उद्यमी बन्नु त भएको होइनरु केही सत्यता यसमा पनि छ। किनभने म मेरो लागि निर्णयकर्ता आफै हुन्छु। अरुको लागि भर पर्नु पर्दैन। आफ्नो स्वेच्छाले मेरो कम्पनी चलाउन पाउँछु त्यसैले पनि हो। यसको राम्रो पक्ष मेरो टिमको काम गर्ने शैली देखेर उर्जा पाइरहेको हुन्छु। स्टाफले काम गर्दा त्यसबाट प्रेरणा पाइरहेको हुन्छु। नेपालका उद्यमीहरुमा सेवामा गुणस्तर दिनेभन्दा पनि संख्या बढाउनेमा तिव्र प्रतिष्प्रधा छ भन्छन नीरु गुणस्तरमा ध्यान दिनुपर्छ। व्यापार(व्यवसायमा गुणस्तर दिन सकिएन केही समयको लागि कम्पनीको बोर्डको नाम मात्र झुण्डिने गर्छ। त्यसको लागि त सेवाभावको भावना हुनुपर्छ हरेक उद्यमीमा। व्यवसायी भएको अनुभवले नेपालमा व्यवसाय गर्न के(के चुनौती देख्नुहुन्छरु नेपालमा बढी चुनौती छ भने व्यवसाय गर्नलाई नै छ। कतिखेर सरकारको नीति नियम परिवर्तन हुन्छ त्यो थाहा नहुने एउटा समस्या छ। आर्थिक क्षेत्रमा ठूलो चुनौती छ। हामी जस्तो लगानीकर्तालाई धेरै गाह्रो छ। बैंकले ऋण र लगानीको नियम कतिखेर परिवर्तन गर्छ त्यो पनि थाहा हुन्न। नियम अर्को बनिदिन्छ। योजना अनुसार नियम बन्दैन। लगानी गर्दा पनि डराएर गर्नुपर्ने अवस्था छ। प्रतिष्पर्धाको व्यवसाय छ। एकजनाले केही नयाँ काम सुरुवात गर्‍यो भने अरुले फेरि अर्को नयाँ काम गर्दैन बरु अर्को ठाउँमा पुनः त्यहीँ काम गरिरहेका हुन्छन। व्यापार र व्यवसायमा नयाँपन छैन। सबैभन्दा ठूलो चुनौती दक्ष जनशक्ति पाइन्दैन। व्यवसायबाट सन्तुष्ट हुनुहुन्छरु मेरो काम राम्रो भयो भन्न खोजेको होइन। मेरो काममा मैले साच्चिकै सन्तुष्ट प्राप्त गरेको छु। सुरुवातीको समयदेखि हरेक क्षेत्रमा नोक्सानी व्यहोर्नु् परेको छैन। केही वर्ष अगाडि दुई जना मिलेर गरेको काममा नोक्सान व्यहोरेको थिए। त्यो त पूर्ण रुपमा बन्द भयो। तत्कालीन समय मेरो लागि खराब समय थियो। अहिले भने नाफामा छु। घर,व्यवसाय र कलाकारीताको लागि समय व्यवस्थापन कसरी गरिरहनु भएको छरु समय व्यवस्थापन गर्न त गाह्रो भइरहेको छ। कामलाई पहिलो प्राथमिकता राखेको छु। त्यसपश्चात परिवार तर, पनि सोचे जस्तो गरेर समय व्यवस्थापन गर्न सकिरहेको छैन। सुरुवातीको समयमा उद्यमी बन्दाको अनुभव कस्तो रहयोरु फिल्म र व्यापार सँगसँगै बढिरहेको थियो। फिल्मी जगतमा म एक्कासि हिट भए। त्यसश्चात मेरो धेरै माग भयो। तर, पनि त्यसलाई अस्वीकार गरे। फिल्म भनेको एक समयमा चल्छ र पो म त्यहीँ समयमा चल्ने हो। फिल्म सकिएपछि म कहाँ जाने त फिल्मले मलाई धेरै दिएको भनेको नाम हो। तर, मैले गर्ने काम हो भविष्यको लागि भएपनि कामलाई निरन्तरता दिनुपर्छ भनेर कामलाई निरन्तरता दिएको हुँ। मेरो सुरुवातीको काम नै निरन्तरता हो। कलाकारीता क्षेत्रबाट उदाउनु भएको स्वेता खडका कसरी एक्कासी उद्ममी बन्न तिर लाग्नुभयोरु म पहिले देखि नै उद्यममा थिए। युवा अवस्था देखि आफैले केही गर्नुपर्छ भन्ने लागेर आफ्नो काम गर्थे। कलाकारिता क्षेत्रमा आउनु भन्दा अगाडि देखि उद्यम गर्थे। यो अहिले आवश्यकता र अनिवार्य जस्तै भएको छ। एउटै मात्र कामले पनि मानिसलाई नपुग्दो रहेछ। उद्यम गर्नु भनेको आफ्नो क्षमता चिन्नु पनि हो। मेरो पहिलेको कामको निरन्तरता हो। कलाकार भएपछि उद्यम गर्नलाई सजिलो भएको छरु कलाकार भएपछि अलिक काम गर्न सहज भएकै हो। कलाकार भएर सम्मान पाएको छु। नाम र कलाकारले काम सफल भएको होइन्। काम गरेपछि मात्र काममा सफल भइन्छ। यो सुरुवात मात्र हो सफल भएको त छैन।मिहिनेत गरे मात्र काममा सफल भइन्छ। मान्छे कामले सफल हुने हो। नामले मात्र कोही सफल भएको जस्तो लाग्दैन। सफलता प्राप्त गर्नु छ भने काममा विश्वास गर्नुपर्छ । नामले सम्झना रहने भए पनि मानिस बिक्ने भनेको सफल कामले नै हो । कलाकारिता गर्न सजिलो थियो वा उद्यमी बन्न रु उद्यम गर्न सजिलो छ त्यसमा आफ्नो खुसीले गर्न पाइन्छ। यसमा सदा अपनत्व हुन्छ। फिल्म भनेको कसैको भावना सँग खेल्नुभएकोले पनि गाह्रो काम हो। अरुको इशारामा कलाकारिता गरिन्छ। हलमा दर्शकलाई दुई घन्टा सम्म बाँधेर राख्नुपर्ने हुन्छ।कसैलाई बाध्नु भनेको जर्बजस्ती यो कुर्सीमा बस भनेको जस्तो हो। दर्शकलाई भावनामा बगाएर खेल्ने काम हुन्छ। त्यसमा रुवाएर वा हसाएर केही गरिएला त्यो गाह्रो काम हो। उद्यमी बन्नु भनेको आफ्नो लागि मात्र बाँच्नु होइन्। यस्तो महसुस तपाइलाई भएको छ कि नाइरु मैले मेरो लागि काम गरेको जस्तो लाग्दैन,कार्यालयमा यति धेरै काम गर्ने छन्। सबै कार्यालयका कर्मचारीको लागि हो जस्तो लाग्छ। मेरो कामबाट समाज र देशलाई प्रत्यक्ष फाइदा पुगोस भन्ने छ। समाज र राष्ट्रको लागि केही गरिरहेको छु। हामी कलाकार र उद्यम गर्ने मानिस समाज र राष्ट्रको लागि केही गर्ने हो। हामीले नै हो राष्ट्रलाई योगदान गर्ने हो। सिर्जनात्मक भएको मानिस त कलाकार नै हुनुपर्ने किन उद्यममा आकर्षण बढयोरु नेपालको फिल्मी क्षेत्रमा काम गर्नलाई सजिलो छैन। मेरो सिर्जनाको कदर हुन्थ्यो भने वर्षमा पाँच वटा फिल्म निर्माण गर्थे त्यसको लागि वातावरण छैन। आफै सक्रिय हुनुपर्छ। नेपाली चलचित्रको बजार छैन। यहाँ त्यस्तो अवस्था हुने हो भने फिल्म बनाएर बस्थे। सिर्जना मेरो कतै खेर जाने त होइन जस्तो लागेर उद्यम गर्न बढी सक्रिय भएको हुँ। कलाकारिता र उद्यमीमा के फरक पाउनु भयोरु कलाकारीता क्षेत्रमा टिक्न गाह्रो छ। अहिले धेरै कलाकार छन् । कलाकारीता क्षेत्र धेरै संवेदनसिल ठाउँ हो। स्वेता खडका कलाकार भएर मात्र चिनिएको हुँ। व्यापारमा त कामले चिनिएको मात्र हुँ। काम हुनुपर्छ भएपछि मानिस चल्ने हुन्। नेपालमा व्यापार गरेर चिनिने अवस्था सिर्जना भएको छैन। ठूलो व्यापार गरेपनि पाँचजनाको मात्र नाम आउँछ। कलाकारिता क्षेत्रमा आउने बितिकै चिनिन्छ। मानिस चाहेर बन्दैनन मेहनतले बन्छन्। कुनै क्षेत्रमा टिक्न छ भने कर्म गरिरहनुपर्छ।
स्रोतः थाहाखबर