ट्रक पल्टिँदा एकजनाको मृत्यु

गुगलपाटी संवाददाता
३ फाल्गुन २०७६ ०९:०४

हेटौंडाः पूर्व पश्चिम राजमार्ग अन्तरगत मनहरी ६ नयाँ बस्तीमा गोरु बोकेको ट्रक पल्टिँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रूपन्देहीका २६ बर्षीय अकबर खान रहेका छन् । नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको ना६ख २३७ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा घाईते उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा घाईते अर्का २९ बर्षीय युवकको चितवनमै उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया