राप्तिखोलाको किनारमा एकजनाको मृत्यु

गुगलपाटी संवाददाता
३ फाल्गुन २०७६ ११:१८

हेटौंडाः  हेटौंडा–११ स्थित राप्तिखोला किनारमा शुक्रबार एक पुरुषको शव फेला परेको छ । हेटौंडा–११ सिमलटार निवासी अन्दाजी ५० बर्षीय राम बहादुर विकको शव राप्तिखोला किनारमा फेला परेको मकवानपुर प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिए । स्थानीयले विकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । विक नियमित मादकपदार्थ सेवन गर्ने गरेको उनको परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ । विकको शव टाउकोमा चोट र पानीले भिजेको अवस्थामा फेला परेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको राठौरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया