स्थापना दिवसमा हेटौंडा क्याम्पसमा विविध कार्यक्रम
गुगलपाटी संवाददाताहेटौंडाः हेटौंडा क्याम्पसको स्थापना दिवसको अवसरमा विविध कार्यक्रम भएको छ । क्याम्पसको २९ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रम भएको हो ।
कार्यक्रम अन्तर्गत भएको छात्र भलिबलमा शिक्षा शास्त्र कक्षा ११ प्रथम भएको छ भने मानविकी शास्त्र कक्षा ११ दोस्रो भएको थियो । यस्तै छात्रा भलिबलमा विएड दोस्रो वर्ष प्रथम भएको थियो भने कक्षा ११ शिक्षा शास्त्र दोस्रो भएको थियो । कार्यक्रम अन्तर्गत नै भएको क्रिकेट प्रतियोगितामा विएड दोस्रो वर्ष प्रथम भउको थियो भने कक्षा ११ दोस्रो भएको थियो ।
दिवसकै अवसरमा शिक्षक तथा कर्मचारी विच भएको टेबुल टेनिसमा दिपेन्द्र ढकाल प्रथम र देवरत्न मानन्धर दोस्रो भएका छन् । स्थापना दिवसको अवसरमा क्याम्पसले कोरोना भाईरस विरुद्ध सचेतना ¥याली पनि गरेको थियो । यस्तै कविता प्रतियोगिता पनि आयोजना गरेको क्याम्पसले जानकारी दिएको छ । कविता प्रतियोगितामा विद्यान आचार्य प्रथम र पुज ढुंगाना दोस्रो भएका छन् ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा आज पुरस्कार वितरण भएको छ । क्याम्पस प्रमुख देवचन्द्र मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस अध्यक्ष तथा प्रदेश सभा सदस्य मुनु सिग्देलेको प्रमुख आतिथ्यता रहेको थियो भने सञ्चालक समितिका उपाध्यक्ष आनन्दराम पराजुली, निवर्तमान अध्यक्ष श्रीचन्द्र शर्मा, कोषाध्यक्ष कमान सिं पाख्रिन, सदस्यहरु नविन सिग्देल, प्रदिप कोइराला लगायतको आतिथ्यता रहेको थियो ।