कांग्रेसको जित पश्चात गाँउको मुहार फेरिएकोः रामकृष्ण चेपाङ
गुगलपाटी संवाददाताकुमारी स्याङ्बो
हेटौंडाः राक्सिराङ गाँउपालिकाको ९ वटा वडाहरुमा २५ गतेबाट पार्टीको सगंठन विस्तार भेला सुरु भएको छ । सबै वडाको पार्टी सगंठन गरेर वडा कार्य समिति बनाउने नेपाली काङग्रेस सभापति बिरेन्द्र जिम्बाले बताए । वडा भेला फाल्गुन १४ गतेसम्म हुने जिम्बाले बताए । त्यसैगरि वडा नम्बर ८ मा वडा भेला बुधबार सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथी जिल्ला सदस्य तथा ८ नम्बर वडा अध्यक्ष रामकृष्ण चेपाङले बोल्दै वडामा काङग्रेसको जित पश्चात गाँउ गाँउमा बाटो बनाएर सुविधायुक्त बनाएको अध्यक्ष प्रजाको भनाई छ । पहिला गाँउका मानिसहरु अन्धकारमा जिवन निर्वाह गरिरहेको थियो भने अहिले जताततै विजुली बालिरहेको उनले बताए । जनताहरु घण्टौ समय लगाएर खानेपानी लिन मुहानमा पुग्नुपथ्र्यौ भने अहिले गाँउटोलमा खानेपानीको विस्तार भएको प्रजाले बताए । कांग्रेसको जित पश्चात गाँउको मुहार फेरिएको प्रजाले जानकारी दिए ।
त्यसैगरि कार्यक्रममा नेपाली कांगे्रसको सभापति बिरेन्द्र जिम्बाले बोल्दै राक्सिराङ गाँउपालिकामा नेपाली कांग्रेसले जितेपछि देशकै उत्कृष्ट विकास गरेको बताए । आगामी दिनमा कांग्रेस बाहेक अरु पार्टी राक्सिराङ गाँउपालिकामा आउन नसकिने सभापति जिम्बाले बताए । कांग्रेसको जित पछि गाँउमा धेरै सुविधा भएको छ । पछिल्लो समयमा कांग्रेसले गाँउपालिका चलाउनु पर्ने जिम्बाको भनाई छ ।
कार्यक्रममा नेपाल तरुण दल सहसचिव निरशंखर लामा, ८ नम्बर वडाको सदस्य जयबहादुर तितुङ, जनजाति महासघंको अध्यक्ष सिताराम ब्लोन र कांग्रेसको युवा नेता खेम लामा लगायतको उपस्थिति रहेको थियो ।