कर्तव्य ज्यान मुद्दामा फरार दुईजना पक्राउ
गुगलपाटी संवाददाताहेटौंडाः प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले कर्तव्य ज्यान मुद्दामा फरार रहेका दुईजनालाई पक्राउ गरेको छ ।
ब्युरोको टोलीले सिन्धुलीको गोलञ्जोर गाउंपालिका–७ का ७३ वर्षीय यज्ञप्रसाद चौलागाई र ३४ वर्षीय सम्झना भन्ने टिका कुमारी चौलागाईलाई आइतबार काठमाडौंको गोठाटारबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए।
उनीहरुविरुद्ध २०७३ कात्तिक ३० गते साविक भिमेश्वर गाविस ९ बस्ने तुलसाकुमारी पहाडीलाई कुटपिट गरी हत्या गरेको आरोपमा परेको मुद्दामा पुनरावेदन अदालत पाटनले गत जेठ १० गते २० वर्ष कैद हुने फैसला सुनाएको थियो।
ब्युरोले उनीहरुलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइ कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पेश गरिएको प्रवक्ता पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
स्रोतः कान्तिपुर